images

२०८३ आश्विन २५ गते

images
images
images
  • बैंक वित्त
  • एक वर्षमै २.०२ प्रतिशतले घट्यो बैंकहरुको...

एक वर्षमै २.०२ प्रतिशतले घट्यो बैंकहरुको आधार दर , कुन बैंकको कति ?

एक वर्षमै २.०२ प्रतिशतले घट्यो बैंकहरुको आधार दर , कुन बैंकको कति ?

images
images
बिहिवार, श्रावण १५ २०८२
बिहिवार, श्रावण १५ २०८२
  • पछिल्लो एक वर्षमा वाणिज्य बैंकहरूको आधार दर (बेस रेट) घटेको छ। चालु आर्थिक वर्षको साउनसम्ममा २० वटै वाणिज्य बैंकहरूको औसत आधार दर ६.११ प्रतिशतमा झरेको छ, जुन अघिल्लो वर्षको साउनमा ८.१३ प्रतिशत थियो। यसरी औसत आधार दर २.०२ प्रतिशत विन्दुले घटेको छ।

    images
    images

     

    कुन बैंकको  कति ?

    images
    images

    यस अवधिमा राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा कम ४.८९ प्रतिशत आधार दर कायम गरेको छ। त्यसपछिका बैंकहरूमा स्टान्डर्ड चार्टर्ड बैंक ४.९० प्रतिशत, एभरेष्ट बैंक ५.३५ प्रतिशत, नेपाल बैंक र ग्लोबल आइएमई बैंक ५.७६ प्रतिशतका साथ रहेका छन्। त्यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ५.७८ प्रतिशत, नबिल बैंक ५.८३ प्रतिशत, कृषि विकास बैंक ६.०३ प्रतिशत, सानिमा बैंक ६.१५ प्रतिशत, एनएमबि बैंक ६.२२ प्रतिशत, नेपाल एसबिआई बैंक ६.२९ प्रतिशत, माछापुच्छ्रे बैंक ६.३० प्रतिशत, सिद्धार्थ बैंक र सिटिजन बैंक ६.३५ प्रतिशत, र लक्ष्मी सनराइज बैंक ६.५२ प्रतिशत आधार दरसहित रहेका छन्।

    यसैबीच, केही बैंकहरूको आधार दर अझै उच्च रहेको छ। तीमध्ये हिमालयन बैंक ६.५७ प्रतिशत, कुमारी बैंक र प्राइम बैंक ६.६२ प्रतिशत, प्रभु बैंक ६.६६ प्रतिशत, र सबैभन्दा उच्च दर कायम गर्ने एनआईसी एशिया बैंक ७.१७ प्रतिशतमा रहेको छ।यद्यपि, आधार दर मात्रै पर्याप्त छैन; बैंकहरूले कर्जाको प्रकारअनुसार प्रिमियम थप्ने भएकाले कुल ब्याजदर फरक हुन सक्छ। त्यसैले कर्जा लिने ग्राहकहरूले कुल ब्याजदर निर्धारण गर्दा प्रिमियम दरको गणनामा विशेष ध्यान दिनु आवश्यक छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend