images

२०८३ आश्विन १९ गते

images
images
images

फिल्म 'रियाल रिंगेट' को प्रिमियर, शुक्रबारदेखि प्रदर्शन

फिल्म 'रियाल रिंगेट' को प्रिमियर, शुक्रबारदेखि प्रदर्शन

images
images
बिहिवार, श्रावण १५ २०८२
बिहिवार, श्रावण १५ २०८२
  • शुक्रबारदेखि देशभरका हलमा प्रदर्शनमा आउन लागेको फिल्म 'रियाल रिंगेट' को प्रिमियर गरिएको छ। बुधबार काठमाडौंमा आयोजित प्रिमियरमा फिल्मको टिम, अन्य कलाकर्मीसहित अन्य विधाका व्यक्ति र सञ्चारकर्मीहरू उपस्थित रहे।फिल्म हेरेपछि उपस्थितले आफू भावुक भएको प्रतिक्रिया दिए। प्रवासी नेपालीहरूको जीवनका पीडादायी पानाहरूलाई 'रियाल रिंगेट' ले पर्दामा ल्याएको बताए।वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले फिल्म हेरिरहँदा आफू भावुक बनेको बताए।

    images
    images

    उनले भने, 'यो फिल्म हेर्दा देश दुख्ने रहेछ। इराकमा १२ नेपाली मारिएको दिन म स्टेज कार्यक्रममा थिएँ, त्यो पीडा दर्शकहरूलाई देखाउन सकेको थिइन। ‘रियाल रिंगेट’ हेर्दा त्यो दिन सम्झिएँ। राज्यले जाने ढोका मात्र खोल्ने होइन, फर्कने ढोका पनि खोल्नुपर्छ, देशमै फर्किने वातावरण बनाउनुपर्छ, नत्र लाखौँ नेपाली अझै पनि विदेश जान बाध्य भइरहनेछन् र फर्किने छैनन्।'वरिष्ठ गायक प्रेमराजा महतले फिल्मको प्रशंसा गर्दै भने, 'धेरैपछि यसरी कुनै नेपाली फिल्म हेरेँ। यसको कथा, अभिनय, संगीत सबै उत्कृष्ट छन्। राजनीतिज्ञहरूले पनि यो फिल्म हेर्नुपर्छ, यसले देशको वास्तविक अवस्था बुझ्न सहयोग पुर्‍याउँछ।'

    अन्य कलाकारहरूले पनि फिल्मले रोजगारीको खोजीमा खाडी मुलुक पुग्न बाध्य नेपालीहरूको पीडा र संघर्षलाई उतारेको बताए। विभोर पोखरेलको निर्देशन तथा गगनलाल प्रधानको निर्माण रहेको फिल्ममा कलाकारहरू प्रमोद चौलागाईं र नीता ढुंगाना मुख्य भूमिकामा छन्। छुल्ठिम डोल्मा गुरूङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, विमला गिरी, सीमा केसी, सन्दीप तामाङ, सुवास थापा मगर, विशाल थापा लगायत दर्जनौँ कलाकारहरूको पनि यसमा अभिनय छ।

    images
    images

    फिल्मको लेखन प्रदीप भारद्वाजले गरेका हुन्। फिल्मको नाममै कतार र साउदी अरेबियाको मुद्रा 'रियाल' तथा मलेसियाको 'रिंगेट' समेटेर त्यसको सांकेतिकता बलियो रूपमा दर्शाइएको छ। फिल्मको अग्रिम टिकट बुकिङ पनि सुरू भइसकेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend