images

२०८३ आश्विन २५ गते

images
images
images
  • बैंक वित्त
  • राष्ट्र बैंकद्वारा अपेक्षित ऋण नोक्सानी सम्बन्धी...

राष्ट्र बैंकद्वारा अपेक्षित ऋण नोक्सानी सम्बन्धी संशोधित निर्देशिका जारी

राष्ट्र बैंकद्वारा अपेक्षित ऋण नोक्सानी सम्बन्धी संशोधित निर्देशिका जारी

images
images
बिहिवार, श्रावण १५ २०८२
बिहिवार, श्रावण १५ २०८२
  • काठमाडौं। नेपाल राष्ट्र बैंकले इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाका लागि अपेक्षित ऋण नोक्सानी सम्बन्धी संशोधित निर्देशिका जारी गरेको छ।राष्ट्र बैंकले एनएफआरएस नवौंको प्रावधानहरू गत आर्थिक वर्ष २०८१/८२ को वित्तीय प्रतिवेदन देखि नै लागू गर्न सबै बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।बैंक वित्तीय संस्थाको सञ्चालक समिति र उच्च व्यवस्थापकीय तहको निहित जिम्मेवारी भएपनि वित्तीय प्रतिवेदनमा एकरूपता कायम गर्नका लागि राष्ट्र बैंकले अपेक्षित ऋण नोक्सानी सम्बन्धमा एनएफआरएस नवौंको प्रावधान लागू गर्न निर्देशिकाको मस्यौदा जारी गरेको हो।

    images
    images

    अन्तर्राष्ट्रिय असल अभ्यास र विभिन्न देशको नियामकले जारी गरेको निर्देशिकामा आधारित रहेर यो निर्देशिका जारी गरिएको राष्ट्र बैंकले जनाएको छ।यी निर्देशिकाहरू जारी गर्नु अघि नै नोक्सानी मापनको लागि अपेक्षित ऋण नोक्सानी नमुना एनएफआरएस नाइन (वा यसको समकक्ष आइएफआरएस नाइन) लागू गरिसकेका बैंक तथा वित्तीय संस्थाहरूले, अन्य क्षेत्राधिकारद्वारा अनिवार्य रूपमा, यस निर्देशिकामा उल्लिखित प्रावधानहरूबाट कुनै पनि भिन्नता हुने भएमा बैंक तथा वित्तीय संस्था नियमन विभाग, नेपाल राष्ट्र बैंकबाट पूर्व स्वीकृति लिनुपर्छ।स्वीकृति लिंदा  निर्देशिकाको प्रावधानहरूको पालना गर्ने सम्बन्धमा विस्तृत कार्यान्वयन समय रेखाको पनि उल्लेख गर्नुपर्नेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend