काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेस सांसद कमला पन्तले देशभर डेँगु र हैजाको प्रकोप फैलिएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन्।
बिहिवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले देशभर डेँगुको प्रकोपले जनता हैरान रहेको बताइन्। उनले डेँगु प्रकोपको असर, प्रभाव र समस्या कहाँ कहाँ छन् ?त्यसबारेमा सदनलाई जानकारी गराउन आग्रह गरिन्।
उनले हैजा र डेँगु फैलिनुको कारण पत्ता लगाइ संसदमा जानकारी गराउन राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालसँग रुलिङको माग गरिन्।
सांसद पन्तले लामो समयसम्म सरकारको ध्यानाकर्षण गराउनको निम्ति रुलिङ भएपनि सरकारले चासो नदेखाएको आरोप लगाइन्।




.gif)





