काठमाडौं । स्थानीय बजारमा हरियो धनियाँको भाउ ह्वात्तै बढेको छ ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार मंगलबार हरियो धनियाँको भाउ बढेको हो ।
आज हरियो धनियाँको औसत भाउ थोकमा प्रतिकिलो २ सय ४० रुपैयाँ बढेको छ ।सोमबार हरियो धनियाँ प्रतिकिलो ३ सय ६० रुपैयाँमा किनबेच भएको थियो । आज मंगलबार भने हरियो धनियाँ प्रतिकिलो ६ सय रुपैयाँमा किनबेच भइरहेको छ ।असार पहिलो साता प्रतिकिलो ५४ रुपैयाँ रहेको हरियो धनियाँ असार अन्तिम साता प्रतिकिलो ३ सय रुपैयाँ पुगेको थियो ।




.gif)



