images

२०८३ आश्विन १८ गते

images
images
images
  • शिक्षा
  • सबै विश्वविद्यालयमा स्ववियु निर्वाचन हुनुपर्ने १२...

सबै विश्वविद्यालयमा स्ववियु निर्वाचन हुनुपर्ने १२ विद्यार्थी संगठनको माग

सबै विश्वविद्यालयमा स्ववियु निर्वाचन हुनुपर्ने १२ विद्यार्थी संगठनको माग

images
images
मंगलवार, श्रावण १३ २०८२
मंगलवार, श्रावण १३ २०८२
  • काठमाडौं । दलनिकट १२ विद्यार्थी संगठनले सबै विश्वविद्यालयहरूमा पनि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुनुपर्ने विद्यार्थी संगठनहरुको माग गरेका छन् ।त्यसका लागि चरणबद्ध अभियान सञ्चालन गर्नुपर्ने निष्कर्षमा पुगेका छन् । हाल त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सम्बन्धन र आंगिक क्याम्पसमा मात्रै स्ववियु निर्वाचन हुँदै आएको छ ।

    images
    images

    विद्यार्थी मैत्री विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने माग गरेका छन् । नेपाल विद्यार्थी संघको संयोजनमा बसेको विद्यार्थी संगठनहरुको बैठकले शिक्षा क्षेत्रसँग सम्बन्धित विषयमा छलफल भएको थियो ।विद्यार्थी हित र अधिकार संरक्षणका लागि आवश्यक सहकार्य, संघर्ष तथा दबाबमूलक कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता सबै विद्यार्थी संगठनले जनाएको नेविसंघका प्रवक्ता सुरज सेजुवालले जानकारी गराए ।

    १२ विद्यार्थी संगठनको बैठक संघको कार्यालय अनामनगरमा बसेको थियो । बैठकमा १२ प्रमुख विद्यार्थी संगठनका अध्यक्ष, संयोजक, प्रतिनिधि लगायत सहभागी थिए ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend