images

२०८३ आश्विन १८ गते

images
images
images
  • प्रविधि
  • साउनमा नेपाली ब्रान्ड एमडब्लूसीको नयाँ इयरबड...

साउनमा नेपाली ब्रान्ड एमडब्लूसीको नयाँ इयरबड अस्भा प्रो १९ सार्वजनिक हुँदै

साउनमा नेपाली ब्रान्ड एमडब्लूसीको नयाँ इयरबड अस्भा प्रो १९ सार्वजनिक हुँदै

images
images
सोमवार, श्रावण १२ २०८२
सोमवार, श्रावण १२ २०८२
  • काठमाडौँ । नेपाली ब्रान्ड मोबाइल वर्ल्ड क्यापिटल (एमडब्लूसी) ले आफ्नो नयाँ प्रिमियम इयरबड अस्भा प्रो सार्वजनिक गर्ने भएको छ । कम्पनीका अनुसार आगामी १९ साउन (४ अगस्ट) मा नयाँ इयरबड सार्वजनिक गर्न लागिएको हो । नयाँ अस्भा प्रोमा ब्लुटुथ ५.४ भर्सनमा उपलब्ध हुनेछ । ९० घण्टा प्ले टाइम भएको यो इयरबडको स्ट्यान्ड बाइ समय ३०० घण्टा रहेको छ । यसमा ५ भोल्टेजको चार्जर उपलब्ध हुनेछ, जसले इयरबडलाई डेढ घण्टामा फुल चार्ज गर्न सकिने छ । 

    images
    images

    कम्पनीका अनुसार इयरबडमा ४० एमएएच र केसमा ८०० एमएएच क्षमताको ब्याट्री छ । १० एमएम ड्राइभर युक्त यो इयरबडले उच्च गुणस्तरको अडियो अनुभव दिने बताइएको छ । यो इयरबड सेतो र कालो गरी दुई कलर भेरियन्टमा उपलब्ध हुनेछ । 

    हाइब्रिड एक्टिभ नोइज क्यान्सिलेसन (एएनसी) को सुविधासँगै फिडब्याक, फिडफर्वड र टक माइक गरेर एक जोडी एयरबडमा ६ ओटा माइक्रोफोन राखिएका छन् । यस्तै ४५ मिलिसेकेन्ड लो लेटेन्सीसहितको गेमिङ मोड, डुअल डिभाइस पेयरिङ, वाटर रेसिस्टेन्ट लगायतका सुविधा समेत यसमा उपलब्ध छन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend