images

२०८३ आश्विन १५ गते

images
images
images
  • स्वास्थ्य
  • कोशीमा तीन हजारभन्दा बढी डेङ्गु सङ्क्रमित,...

कोशीमा तीन हजारभन्दा बढी डेङ्गु सङ्क्रमित, तीन जनाको मृत्यु

कोशीमा तीन हजारभन्दा बढी डेङ्गु सङ्क्रमित, तीन जनाको मृत्यु

images
images
सोमवार, श्रावण १२ २०८२
सोमवार, श्रावण १२ २०८२
  • झापा । कोशी प्रदेशका १४ जिल्लामै डेङ्गुको सङ्क्रमण फैलिएको स्वास्थ्य निर्देशनालय धनकुटाले जनाएको छ । निर्देशनालयकी जनस्वास्थ्य अधिकृत सुरक्षा खत्रीका अनुसार कोशीमा तीन हजार १८१ जना डेङ्गु सङ्क्रमित रहेका छन् । जसमा तीन जनाको मृत्यु भएको उनले बताइन्। पहाडी जिल्लामा डेङ्गु सङ्क्रमित अत्यन्त न्यून रहे पनि तराईका चार जिल्लामा बढी रहेको निर्देशनालयको तथ्यांकले देखाएको छ । 

    images
    images

    हालसम्म मोरङमा ९१३, झापा ८९७, सुनसरी ३७७, उदयपुरमा २७५, भोजपुर २२६, धनकुटा १४३, ओखलढुङ्गा १२१, पाँचथर ७०, खोटाङ १०, ताप्लेजुङ दुई, इलाम पाँच, सोलुखुम्बु ६ र तेह्रथुम दुई जनामा डेङ्गुको सङ्क्रमण देखिएको उनले जानकारी दिइन्।उनले विगत ५० वर्षको अवधिमा विश्वमा डेङ्गुको सङ्क्रमण ३० गुणाले बढेको पाइएको बताइन्। उनले प्रत्येक जिल्लामा स्वास्थ्य कार्यालय र स्थानीय तहका स्वास्थ्यकर्मीहरूद्वारा खोजपड्ताल र नष्ट गर्ने कार्यक्रम भइरहेको बताइन्। 

    निर्देशनालयकी अधिकृत खत्रीले एडिज एजिप्टाई जातको लामखुट्टेले दिउँसो टोकेमा डेङ्गुको सङ्क्रमण हुने हुँदा पूरा बाहुला भएको वा शरीर पूरै ढाकिने लुगा लगाउन अनुरोध गरिन्। ‘डेङ्गु हुनबाट बच्ने एउटै मात्र उपाय भनेको लामखुट्टेको टोकाइबाट जोगिने हो’, उनले भनिन्, ‘घर वरिपरि सफा राख्ने र पानी जम्ने भाँडाकुँडा हटाउने गरेमा पनि एडिज जातको लामखुट्टेबाट बच्न सकिन्छ ।’

    images
    images

    असाध्यै शरीर दुख्ने, खाना मन नलाग्ने, पखाला लाग्ने, उच्च ज्वरो आउने, जोर्नी र मांसपेशी, आँखाको गेडी, टाउको दुख्नु, शरीरमा राता बिमिरा आउनु, वाकवाकी लाग्नु वा बान्ता हुनु आदि डेङ्गुको लक्षण रहेको उनको भनाइ छ । उनले यिनै लक्षणका आधारमा चिकित्सकहरूले डेङ्गु सङ्क्रमितको किटको माध्यमबाट चेकजाँच र उपचार गर्ने उनले बताइन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend