images

२०८३ आश्विन १९ गते

images
images
images

'सैयारा' ले १० दिनमा कमायो २५० करोड

'सैयारा' ले १० दिनमा कमायो २५० करोड

images
images
सोमवार, श्रावण १२ २०८२
सोमवार, श्रावण १२ २०८२
  • काठमाडौँ । बलिवुड फिल्म 'सैयारा' ले बम्पर कमाई गरिरहेको छ । अहान पाण्डेको डेब्यू फिल्म 'सैयारा' घरेलु बक्स अफिसमा कमाईको सुनामी ल्याएको छ ।फिल्म सैयारा घरेलु बक्स अफिसमा रिलिजको १० दिनमा २५० करोड कमाई गरेको छ । फिल्मले रिलिजको दोस्रो आइतबार ३० कमाई गर्दै भारतीय बक्स अफिसमा २५०.७५ करोड कमाई गरेको बलिवुड फिल्म विश्लेषक तरण आदर्शले जानकारी दिएका छन् ।

    images
    images

    फिल्मले रिलिजको दोसोर शुक्रबार १८.५० करोड र दोस्रो शनिबार २७ करोड कमाई गरेको थियो ।  यस अघि फिल्मले रिलिजको पहिलो साताम १७५ करोड २५ लाख भारु कमाई गरेको थियो ।योसँगै फिल्मले कैयौं रेकर्ड पनि तोडेको छ र फिल्म ठुलो कलेक्सनतर्फ अगाडी बढिरहेको छ । अहिले पनि मल्टीप्लेक्स र सिंगल स्क्रिन दुवैमा दर्शकको अपार भिड रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

    यो अभिनेत्री अनित पड्डाको पहिलो फिल्म पनि हो ।आदित्य चोपडा र अक्षय विधानीद्वारा निर्मित यस फिल्मलाई मोहित सुरीले निर्देशन गरेका हुन् । यस फिल्मको पटकथा रोहन शंकर र संकल्प सदानाले लेखेका हुन् । दर्शकहरूले फिल्मको कथा धेरै मन पराएका छन् । यस फिल्मलाई यस अघिका फिल्म आशिकी र आशिकी-२ सँग तुलना गरिएको छ । यस अघि ‘आशिकी २’, ‘वो लम्हे’, ‘जेहर’ र ‘एक खलनायक’ जस्ता भावनात्मक प्रेमकथाहरू प्रस्तुत गरिसकेका फिल्म निर्माता मोहित सुरीले फेरि एकपटक यशराज फिल्म्ससँग मिलेर भावनात्मक प्रेम कथामा नयाँ फिल्म ल्याएका छन् । फिल्म करिब ६० करोडको बजेटमा बनेको बताइएको छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend