images

२०८३ आश्विन १६ गते

images
images
images

वीरगञ्ज नाका बाट रु १२ अर्ब ७२ करोडको धान आयात

वीरगञ्ज नाका बाट रु १२ अर्ब ७२ करोडको धान आयात

images
images
सोमवार, श्रावण १२ २०८२
सोमवार, श्रावण १२ २०८२
  • काठमाडौँः वीरगञ्ज नाका हुँदै गत आर्थिक वर्षमा रु १२ अर्ब ७२ करोड मूल्य बराबरको ३१ करोड ३८ लाख ६५ हजार ४७३ किलोग्राम धान आयात भएको छ। 

    images
    images

    अघिल्लो आर्थिक वर्ष २०८०।८१ को तुलनामा गत आवमा मात्रै मूल्यको आधारमा ५३ प्रतिशत बढी धान आयात भएको हो। वीरगञ्ज भन्सार कार्यालयका अनुसार अघिल्लो आवमा आठ अर्ब २९ करोड मूल्य बराबरको २० करोड ८० लाख ९२ हजार ४४८ किलो धान आयात भएको थियो।

    कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले गत आवमा अघिल्लो आवको तुलनामा धान र चामल दुवैको आयातमा वृद्धि भएको जानकारी दिए। गत आवमा धान मात्रै नभएर चामल आयातमा पनि वृद्धि भएको छ। आव २०८१।८२ मा रु दुई अर्ब ४१ करोड मूल्य बराबरको दुई करोड ४८ लाख १३ हजार ५३१ किलो चामल आयात भएको छ। अघिल्लो आवमा रु एक अर्ब ७३ करोड मूल्य बराबरको  एक करोड ३२ लाख ४१ हजार ३७६ किलोग्राम चामल आयात भएको थियो।  

    images
    images

    अघिल्लो आवको तुलनामा गत आवमा मूल्यको आधारमा ४० प्रतिशतले चामल आयात बढेको छ। गत आर्थिक वर्षमा छ अर्ब ७३ करोड मूल्य बराबरको १३ करोड ९६ लाख ५९ हजार ६२१ किलो मकै आयात भएको छ। जबकी अघिल्लो आवमा रु पाँच अर्ब ५९ करोड मूल्य पर्ने १२ करोड ९९ लाख १८ हजार १७३ किलोग्राम मकै आयात भएको थियो।  

    गत आर्थिक वर्षमा रु ४७ करोड मूल्य बराबरको ९१ लाख ९२ हजार ९८१ किलो फापर, कोदो र अन्य खाद्यान्न आयात भएको छ। जबकी अघिल्लो आवमा रु ४३ करोड मूल्य बराबरको ८४ लाख ९५ हजार ४४५ किलोग्राम फापर, कोदो, र अन्य खाद्यान्न आयात भएको थियो। त्यसैगरी गत आवमा रु चार करोड मूल्य बराबरको आठ लाख ४७ हजार ७८० किलोग्राम कनिका आयात भएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend