images

२०८३ आश्विन १८ गते

images
images
images
  • बैंक वित्त
  • इन्फिनिटी लघुवित्तको नाफा बढ्यो, १६.०९ प्रतिशत...

इन्फिनिटी लघुवित्तको नाफा बढ्यो, १६.०९ प्रतिशत लाभांश दिन सक्ने

इन्फिनिटी लघुवित्तको नाफा बढ्यो, १६.०९ प्रतिशत लाभांश दिन सक्ने

images
images
सोमवार, श्रावण १२ २०८२
सोमवार, श्रावण १२ २०८२
  • काठमाडौंः इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको नाफा शतप्रतिशत वृद्धि भएको छ । एक वर्षमा कम्पनीले झन्डै साढे ९ करोड रुपैयाँ नाफा गरेको छ ।

    images
    images

    कम्पनीले आइतबार प्रकाशन गरेको गत आर्थिक वर्ष २०८१।८२ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
    गत आवमा कम्पनीको खुद नाफा १०४.७१ प्रतिशत बढेर ९ करोड ३७ लाख ५५ हजार रुपैयाँ कायम भएको छ । जबकि, अघिल्लो आवमा कम्पनीले ४ करोड ५७ लाख ९८ हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो ।

    कम्पनीको खुद ब्याज आम्दानी पनि ३९.६४ प्रतिशत बढेर ४० करोड ४९ लाख रुपैयाँ कायम भएको छ । यता, संचालन नाफा पनि १७०.७७ प्रतिशत वृद्धि भई १३ करोड ४९ लख रुपैयाँ पुगेको छ ।

    images
    images

    वितरणयोग्य नाफा भने ८ करोड ३२ हजार रुपैयाँ कायम भएको छ । गत आवको मुनाफाबाट कम्पनीले आफ्ना सेयरधनीलाई १६.०९ प्रतिशत लाभांश दिन सक्ने सामार्थय बनाएको छ । हाल कम्पनीको चुक्ता पुँजी ४९ करोड ७४ लाख रुपैयाँ छ । जगेडा तथा कोषमा भने २८ करोड १८ लाख रुपैयाँ राखेको छ ।

    कम्पनीको प्रतिसेयर आम्दानी पनि पनि दोब्बर बढेको छ । अघिल्लो आवमा ९.६४ रुपैयाँ रहेको यस्तो आम्दानी गत आवमा भने १८.८५ रुपैयाँ कायम भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १५६.६५ रुपैयाँ कायम भएको छ । कम्पनीले खराब कर्जा पनि २.७६ प्रतिशत घटाएको छ । गत आवमा कम्पनीको यस्तो कर्जाको ७.४३ प्रतिशत कायम भएको छ ।

    समिक्षा अवधिमा कम्पनीको निक्षेप १८.३६ प्रतिशत बढेर ५ अर्ब ३६ करोड १३ लाख रुपैयाँ कायम भएको छ । यता, कर्जा प्रवाह पनि १२.५३ प्रतिशत बढेर ५ अर्ब ८३ करोड ८२ लाख रुपैयाँ कायम भएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend