images

२०८३ आश्विन १९ गते

images
images
images

९ दिनमै २०० करोड क्लबमा पुग्यो 'सैयारा'

९ दिनमै २०० करोड क्लबमा पुग्यो 'सैयारा'

images
images
आइतवार, श्रावण ११ २०८२
आइतवार, श्रावण ११ २०८२
  • नयाँ दिल्ली । बलिउड निर्देशक मोहितले यति वेला बलिउडमा राज गरिरहेका छन् । भर्खरै रिलिज भएको फिल्म ‘सैयारा’मार्फत उनले बलिउडलाई दुई नयाँ कलाकार दिए ।यी दुई कलाकारको लोकप्रियता बलिउडमा पहिला नै स्थापित कुनै ठुला स्टारजत्तिकै धेरै भएको छ । फिल्मले करोडौं दर्शकको मनमा राज गरिरहेको छ । बक्स अफिसमा यसले भटाभट कलेक्सन गरिरहेको छ । फिल्मको कमाइ निरन्तर बढिरहेको छ । फिल्मले आफ्नो नाममा अर्को नयाँ रेकर्ड पनि बनाएको छ । 

    images
    images

    'सैयारा' बक्स अफिसमा सरप्राइज बनेर आयो । यसको अगाडि नाम चलेका ठुला स्टारको फिल्म पनि टिकेन । फिल्मप्रति मानिसहरूको क्रेज यति धेरै थियो कि दोस्रो हप्तामा पनि बक्स अफिसमा फिल्मको पकड बलियो छ । दोस्रो शनिबार फिल्मको कमाइमा ठुलो उछाल देखिएको छ । स्याकनिल्कको  रिपोर्टअनुसार फिल्मले नवौं दिनमा लगभग साढे २६ करोड भारुको नेट कलेक्सन गरेको छ । योसँगै फिल्मको कुल कमाइ २१७ करोड २५ लाख भारु पुगेको छ । 

    आधिकारिक रूपमा २०० करोड क्लबमा प्रवेश गर्ने यो यस वर्षको दोस्रो फिल्म हो । फिल्मको कमाइको ट्रेन्ड हेर्दा यो अझै पर पुग्ने देखिन्छ । मोहित सुरीको यो फिल्म विक्की कौशलको ‘छावा’पछि यो वर्ष २०० करोड क्लबमा सबैभन्दा छिटो छिर्ने दोस्रो फिल्म बनेको हो ।'सैयारा'ले पछिल्लो १५ वर्षमा बलिउडमा बनेका प्रेमकथाहरूको रेकर्ड पनि तोडेको छ । 

    images
    images
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend