images

२०८३ आश्विन १८ गते

images
images
images
  • प्रविधि
  • गुगल म्याप्सको निर्देशन मान्दा पोखरीमा खस्यो...

गुगल म्याप्सको निर्देशन मान्दा पोखरीमा खस्यो गाडी...

गुगल म्याप्सको निर्देशन मान्दा पोखरीमा खस्यो गाडी...

images
images
आइतवार, श्रावण ११ २०८२
आइतवार, श्रावण ११ २०८२
  • काठमाडौँ । गुगल म्याप्सको निर्देशन आँखा चिम्लेर विश्वास गर्दा एक महिलाले आफ्नो कार पानीले भरिएको खाल्डोमा खसालेकी छन् । शुक्रबार बिहान भारतको नवी मुम्बईमा ती महिलाले आफ्नो अडी कार खाल्डोमा हालेकी हुन् । भारतीय सञ्चारमाध्यम टाइम्स नाउका अनुसार महिला बेलापुरबाट उल्वेतर्फ जान लागेकी थिइन् । त्यहीबेला दुर्घटनामा परेकी उनको सकुशल उद्धार भएको छ । गुगल म्याप्सले उनलाई बेलापुरको ‘बे ब्रिज’मा चढाउनुको सट्टा पुलमुनिको बाटो देखाएको थियो । उक्त बाटो ध्रुवतारा जेट्टीतर्फ जान्थ्यो । म्याप्सको निर्देशनलाई विश्वास गरेर अघि बढेकी उनले अन्जानमा गाडी सिधै पानीमा लगेर हालिन् ।

    images
    images

    घटना देख्नेबित्तिकै नजिकै तैनाथ समुद्री सुरक्षाकर्मी तुरुन्तै उद्धारमा खटिएका थिए । उनीहरूले केही मिनेटभित्रै महिलालाई उद्धार गरे । पानीमा तैरिरहेको अवस्थामा भेटिएकी उनलाई कुनै चोटपटक लागेन । पछि क्रेनको मद्दतले उनको सेतो रङको कारलाई पनि बाहिर निकालिएको थियो । घटनाको भिडिओमा उद्धारकर्मीहरूले गाडीलाई पानीबाट निकालिरहेको देखिन्छ ।गुगल म्याप्सले प्रयोगकर्तालाई गलत बाटो देखाएर दुर्घटना भएको यो पहिलो पटक भने होइन । गत वर्ष भारतको उत्तर प्रदेशको बदाउँ जिल्लामा यस्तै घटनामा परेर तीन जनाले ज्यान गुमाएका थिए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend