images

२०८३ आश्विन १९ गते

images
images
images

१८ दिनमा दुर्गेश-सिसनको गीत ‘जाने भए जाम माया’ लाई करोड भ्यूज

१८ दिनमा दुर्गेश-सिसनको गीत ‘जाने भए जाम माया’ लाई करोड भ्यूज

images
images
आइतवार, श्रावण ११ २०८२
आइतवार, श्रावण ११ २०८२
  • काठमाडौं । दुर्गेश थापा र सिसन बानियाँको नयाँ गीत ‘जाने भए जाम माया’ले २४ घण्टामा युट्युबमा धेरैपटक हेरिने नेपाली गीतको कीर्तिमान रच्यो ।तर, यो गीत सबैभन्दा छिटो १ करोड भ्यूज पाउने गीत बन्नबाट बञ्चित भएको छ । आइतबार १८ औं दिनमा यो गीतलाई युट्युबमा १ करोड पटक हेरिएको छ ।

    images
    images

    सबैभन्दा छिटो १ करोड हेरिने नेपाली गीतको कीर्तिमान प्रकाश सपुतको गीत ‘सकम्बरी’सँग छ जसलाई ७ दिनमै करोड पटक हेरिएको थियो ।दुर्गेश र सिसनको उक्त गीतले २४ घण्टाको रेकर्डसहित अमेरिकामा युट्युब ट्रेन्डिङमा आउने पहिलो नेपाली गीतसहित अस्ट्रेलियाली युट्युब ट्रेन्डिङको शीर्षस्थानमा आउने अर्को नेपाली गीतको रेकर्ड राखेको थियो ।पछिल्लो ब्लकबस्टर गीत ‘दुश्मन हेरेको हेर्‍यै’ लगत्तै दुर्गेशले ल्याएको पछिल्लो गीत बहुप्रतीक्षित बनेको थियो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend