images

२०८३ आश्विन १९ गते

images
images
images

साढे ७९ प्रतिशत बढ्यो ग्रीन डेभलपमेन्ट बैंकको नाफा

साढे ७९ प्रतिशत बढ्यो ग्रीन डेभलपमेन्ट बैंकको नाफा

images
images
आइतवार, श्रावण ११ २०८२
आइतवार, श्रावण ११ २०८२
  • काठमाडौं ।ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको नाफामा उल्लेख्य सुधार आएको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक सम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार यो अघिल्लो आवको सोही अवधिको भन्दा ७९.५३ प्रतिशतले नाफा बढेको हो । 

    images
    images

    वित्तीय विवरण अनुसार यो बैंकले गत आवमा ६ करोड ९४ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यो बैंकको यस्तो नाफा ३ करोड ८६ लाख रुपैयाँ रहेको थियो । यो अवधिमा खुद ब्याज आम्दानी बढेको र इम्पेरमेन्ट चार्ज घटेका कारण बैंकको खुद नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १७.७३ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी १३.०१ प्रतिशत बढेको छ । 

    त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा १९.२६ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ७२.७९ प्रतिशत बढेको छ । बैंकको इम्पेरमेन्ट चार्ज समीक्षा अवधिमा २ करोड ८९ लाख रुपैयाँबाट घटेर ६८ लाख रुपैयाँमा सीमित भएको छ । समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा ९४.७० प्रतिशत बढेर ६ करोड ७ लाख रुपैयाँ पुुगेको छ ।नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ५ रुपैयाँ १ पैसा बढेर १२ रुपैयाँ १८ पैसा पुगेको छ । असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १० रुपैयाँ ६७ पैसा र प्रतिसेयर नेटवर्थ १२२ रुपैयाँ ११ पैसा रहेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १२२.०७ गुणा रहेको छ ।

    images
    images

    ५६ करोड ९६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा १२ करोड ५९ लाख रुपैयाँ सञ्चित छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले ६ अर्ब ३७ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब ७३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend