images

२०८३ आश्विन १९ गते

images
images
images

परिवारजनको दीर्घायुको कामना गर्दै राना थारु समुदायका महिलाले आज तीज पर्व मनाउँदै

परिवारजनको दीर्घायुको कामना गर्दै राना थारु समुदायका महिलाले आज तीज पर्व मनाउँदै

images
images
आइतवार, श्रावण ११ २०८२
आइतवार, श्रावण ११ २०८२
  •  कैलाली–कञ्चनपुरका राना थारु समुदायका महिलाहरूले आज तीज पर्व मनाउँदैछन् । यसै अवसरमा  अवसरमा कञ्चनपुरका छ पालिकाले आज सार्वजनिक बिदा समेत दिइएको छ ।शुक्ल पक्षको तृतीया तिथिका दिन आज पर्ने राना थारू समुदायको तीज पर्वका लागि कृष्णपुर, बेलौरी, पुर्नवास, शुक्लाफाँटा नगरपालिका, बेलडाँडी र लालझाडी गाउँपालिकाले बिदा दिएका छन् । पालिका मातहतका कार्यालय र शैक्षिक संस्थामा बिदा दिइएको हो । 

    images
    images

      तीज पर्वलाई राना थारु समुदायका महिलाहरूले धार्मिक आस्था, पारिवारिक समर्पण र सांस्कृतिक पहिचानका रूपमा विशेष रूपमा मनाउने गर्दछन् । विशेषतः दिदीबहिनीहरूले आफ्ना दाजुभाइ, भतिजा र परिवारजनको दीर्घायु र कल्याणको कामना गर्दै निराहार व्रत बस्ने यो पर्व नारी–शक्ति र परम्परागत श्रद्धाको प्रतीक मानिन्छ ।यस अवसरमा दाजुभाइले गाउँको बीच भागमा राखिएको सावनको डोला (पिङ) मच्चिँदै थारू महिलाहरूले परम्परागत धार्मिक भावनाले ओतप्रोत माङ्गलिक गीतहरू गाउने गर्छन् । उनीहरूको हौसला बढाउन दाजुभाइले पनि साथ दिन्छन् । साँझपख परम्परागत विधिमा आधारित पूजा गरेर नदीमा पूजा सामग्री विर्सजन गर्दै दाजुभाइको पानीको धारजस्तै लामो आयुको कामना दिदीबहिनीले गर्दछन् ।

    राना थारू समुदायमा तीजले दाजुभाइ–बहिनीबीचको आत्मिक सम्बन्ध झन् प्रगाढ बनाउन बल प्रदान गर्दछ । कृष्णपुर नगरपालिकाकी उपप्रमुख द्रोपती राना रानाथारू समुदायको तीज जस्तै प्रत्येक जात, धर्म, समुदायका पर्वले धार्मिक सहिष्णुता र सामाजिक मेलमिलापलाई प्रवर्द्धन गर्ने बताउनुहुन्छ । उहाँका अनुसार, नगरपालिकाले राना थारू समुदायको धार्मिक स्वतन्त्रता र सांस्कृतिक पहिचानको सम्मान गर्दै बिदा दिने निर्णय गरेको छ ।लालझाडी गाउँपालिकाले साउन ११ गते तीज र  साउन १३ गते गुरही पर्व र नाग पञ्चमी गरी दुई दिन बिदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष निर्मल रानाले बताउनुभयो । शुक्लाफाँटा नगरपालिकामा भने राना थारू कर्मचारीलाई मात्रै बिदा दिइएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend