images

२०८३ आश्विन १६ गते

images
images
images
  • अटो
  • वीरगञ्ज नाका हुँदै २,३३७ थान विद्युतीय...

वीरगञ्ज नाका हुँदै २,३३७ थान विद्युतीय सवारीसाधन आयात

वीरगञ्ज नाका हुँदै २,३३७ थान विद्युतीय सवारीसाधन आयात

images
images
शनिवार, श्रावण १० २०८२
शनिवार, श्रावण १० २०८२
  • काठमाडौँः वीरगञ्ज नाका हुँदै गत आर्थिक वर्षमा रु एक अर्ब ६४ करोड मूल्य बराबरका साना–ठूला दुई हजार ३३७ थान विद्युतीय सवारीसाधन आयात भएका छन्। भन्सार कार्यालयले गत आवमा विद्युतीय सवारीसाधनको आयातबाट रु एक अर्ब ८० करोड ४५ लाख राजस्व सङ्कलन गरेको हो। 

    images
    images

    वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले वीरगञ्ज नाका हुँदै विद्युतीय भन्दा इन्धनबाट चल्ने सवारीसाधन बढी भित्रिएका छन्। गत आवमा  रु १२ करोड छ लाख मूल्य पर्ने १६ थान विद्युतीय जिप, कार र भ्यान आयात भएका छन्। ती सवारीसाधनको आयातबाट रु १९ करोड ७४ लाख राजस्व सङ्कलन भएको उनले जानकारी दिए। 

    सोही अवधिमा ५१ किलोवाट देखि एक सय किलोवाट क्षमताका रु १३ करोड चार लाख मूल्य पर्ने ५० थान विद्युतीय जिप, कार र भ्यान आयात भएका छन्। एक सय एक किलोवाट देखि दुई सय किलोवाट क्षमताका रु २४ करोड ८० लाख मूल्य बराबरका ३६ थान विद्युतीय जिप, कार र भ्यान आयात भएका छन्। यो नाका हुँदै रु ४३ करोड दुई लाख मूल्य पर्ने एक हजार ८२१ थान विद्युतीय मोटरसाइकल आयात भएका छन्। 

    images
    images

    प्रमुख भन्सार प्रशासक लामिछानेका अनुसार रु १२ करोड छ लाख मूल्य पर्ने दुई सय एक किलोवाट देखि तीन सय किलोवाट क्षमताका १६ थान विद्युतीय जिप, कार र भ्यान पनि आयात भएका छन्। 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend