images

२०८३ आश्विन १८ गते

images
images
images
  • शिक्षा
  • गणित शिक्षामा एम्बार्क र प्रिमियरको सहकार्य,...

गणित शिक्षामा एम्बार्क र प्रिमियरको सहकार्य, न्युमेरेसी विक २०२५’ सम्पन्न

गणित शिक्षामा एम्बार्क र प्रिमियरको सहकार्य, न्युमेरेसी विक २०२५’ सम्पन्न

images
images
शुक्रवार, श्रावण ९ २०८२
शुक्रवार, श्रावण ९ २०८२
  • काठमाडौं। प्रिमियर इन्टरनेशनल स्कूलको सहकार्यमा ‘न्युमेरेसी विक २०२५’ सम्पन्न भएको छ । एक हप्तासम्म चलेको सप्ताहले विद्यार्थीलाई अनुभवमा आधारित सिकाइमार्फत् गणित विषयलाई नयाँ दृष्टिकोणले बुझ्न प्रेरित गरेको हो  ।

    images
    images

    कार्यक्रम अवधिभर, प्रिमियर इन्टरनेशनल स्कूलका कक्षाहरू सिर्जनशीलता र अन्वेषणको केन्द्र बनेका थिए । विद्यार्थीहरूले गणितलाई आफ्नो कल्पनाशक्ति, अनुभव र संवादसँग जोड्दै नयाँ र अर्थपूर्ण तरिकामा आफूलाई संलग्न गराए । न्युमेरेसी विकमा विभिन्न गतिविधिहहरू समावेश गरिएका थिए । गणित कथा वाचन–जहाँ विद्यार्थीहरूले अंक र अवधारणालाई कथामा परिणत गरेका थिए ।

    त्यस्तै बोर्ड गेम डिजाइन, खेल र रणनीतिमार्फत गणितीय सोचको अभ्यास तथा गणित रिले दौड— गतिशीलता र द्रुत सोचको संयोजन लगायत तत्काल गणित बोल सत्र— जसले विद्यार्थीहरूलाई गणितीय विचारहरूको बारेमा सहज र आत्मविश्वासका साथ बोल्न चुनौती दिएको थियो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend