images

२०८३ आश्विन १९ गते

images
images
images

निःसन्तान जोडीको कथामा बन्यो 'निःशब्द'

निःसन्तान जोडीको कथामा बन्यो 'निःशब्द'

images
images
शुक्रवार, श्रावण ९ २०८२
शुक्रवार, श्रावण ९ २०८२
  • सन्तान नभएका दाम्पत्य जोडीको संघर्ष र समाजले दिएको मानसिक दबाबलाई केन्द्रमा राखेर सर्ट फिल्म 'निःशब्द' निर्माण गरिएको छ। सेलिब्रेटी टाइम्सको ब्यानरमा रहेर रामजी ज्ञवालीको लेखन, निर्माण तथा निर्देशनमा फिल्म बनेको हो। निर्माण पक्षले शुक्रबार फर्स्टलुक पोस्टर ल्याउँदै फिल्मबारे जानकारी दिएको छ। यो फिल्ममा फिल्ममा ओजस्वी विक्रम विष्ट, मिसेल घिमिरे र दिवस नाथले अभिनय गरेका छन्। छायांकन शंकल्प भुजेलले, सम्पादन नहकुल खड्काले, साउन्ड डिजाइन भरत कंडेलले र कलर ग्रेडिङ राजेन्द्र मोक्तानले गरेका छन्। हाल पोस्ट–प्रोडक्सनको अन्तिम चरणमा रहेको ‘निःशब्द’ लाई निर्देशक ज्ञवालीले च्यारिटी शोमार्फत दर्शकसमक्ष ल्याउने, अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरूमा पठाउने तथा अवार्ड प्रतिस्पर्धामा उतार्ने बताएका छन्।

    images
    images

    उनी भन्छन्, –'पहिला फिल्मको सम्पूर्ण काम सकिएपछि हामी कसरी दर्शकलाई देखाउने भन्ने बिषयमा निर्णय गर्नेछौं। तर, युट्युब हाम्रो पहिलो प्राथमिकता चाहीँ होइन।''निःशब्द' ले सन्तान नहुँदा समाज र पारिवारिक दबाबले भोग्नुपर्ने पीडा, विवशता र मौन पीडालाई पर्दामा जीवन्त पार्ने निर्माण टिमले जनाएको छ। निर्देशक ज्ञवाली यो फिल्मले दर्शकलाई भावनात्मक रूपमा छुने र सोच्न बाध्य बनाउने बताउँछन्।उनी भन्छन्– 'सर्ट फिल्ममा ठूलो फिल्ममा जस्तो सहजै कथा भन्नलाई समय हुँदैन। हामीले छोटो समयमा केही बोल्दैछौं। दर्शकले छोटो कथामा धेरै कुरा वुझ्नुहुनेछ भन्ने विश्वास छ।'

    रामजी ज्ञवालीले यसअघि निर्माण गरेका 'रित्तो गाउँ', 'लापत्ता सन्तान' र डकुड्रामा 'मौन' समेत प्रदर्शनको पर्खाइमा छन्। 'निःशब्द' सहित उनका चार प्रोजेक्ट दर्शकमाझ आउन बाँकी छन्। 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend