images

२०८३ आश्विन १८ गते

images
images
images
  • प्रविधि
  • स्न्यापच्याटमा नयाँ ‘होम सेफ’ फिचर,कसरी प्रयोग...

स्न्यापच्याटमा नयाँ ‘होम सेफ’ फिचर,कसरी प्रयोग गर्ने ?

स्न्यापच्याटमा नयाँ ‘होम सेफ’ फिचर,कसरी प्रयोग गर्ने ?

images
images
शुक्रवार, श्रावण ९ २०८२
शुक्रवार, श्रावण ९ २०८२
  • काठमाडौँ । युवा पुस्तामाझ लोकप्रिय सामाजिक सञ्जाल तथा मेसेजिङ एप स्न्यापच्याटले आफ्ना प्रयोगकर्ताहरूका लागि साथीभाइ र परिवारलाई आफू सुरक्षित घर पुगेको जानकारी गराउनका लागि ‘होम सेफ’ (Home Safe) नामक नयाँ फिचर सार्वजनिक गरेको छ । सुरक्षा केन्द्रित यो सुविधा बिहीबार घोषणा गरिएको हो ।स्न्यापच्याटको यो फिचरले चाहे तपाईँ पहिलो डेटबाट फर्किनु होस्, भिडभाडयुक्त कन्सर्टबाट आउनु होस् वा सप्ताहन्तको छुट्टीपछि घर फर्किनु होस्, तपाईँका नजिकका साथी वा परिवारका सदस्यलाई मानसिक शान्ति दिनेछ ।

    images
    images

    कसरी प्रयोग गर्ने ‘होम सेफ’ फिचर ?यो सुविधा प्रयोग गर्न सरल छ । सबैभन्दा पहिला एप खोल्नुहोस् र त्यसभित्र रहेको स्न्याप म्याप (Snap Map) मा आफ्नो बिटमोजी (Bitmoji) मा ट्याप गर्नुहोस् । 

    images
    images

    अब माई होम (My Home) मा जानुहोस् । त्यहाँबाट आफ्नो घरको लोकेसन सेटअप गर्नुहोस् ।


     

    जब तपाईँ बाहिर जानुहुन्छ र घर पुगेपछि कुनै साथीलाई सूचित गर्न चाहनुहुन्छ भने सम्बन्धित व्यक्तिसँगको च्याट खोल्नुहोस् । 

    त्यसपछि म्याप आइकनमा ट्याप गर्नुहोस् र अन्तिममा रहेको होम सेफ (Home Safe button) थिच्नुहोस् । यति गरेपछि तपाईँ घर पुग्ने बित्तिकै तपाईँको साथीलाई च्याटमा अटोमेटिक अलर्ट जानेछ ।

    स्न्यापच्याटले गोपनीयतालाई ध्यानमा राखेर यो फिचर डिजाइन गरेको हो । यो सुविधा केवल ती साथीहरूका लागि उपलब्ध छ, जससँग तपाईँले पहिले नै आफ्नो लोकेसन शेयर गर्नुभएको छ । स्न्याप म्यापमा लोकेसन शेयरिङ डिफल्ट रूपमा बन्द गरिएको हुन्छ । यसको अर्थ तपाईँले लोकेसन शेयर गर्ने विकल्प छनौट नगरेसम्म कसैले पनि तपाईँको लोकेसन हेर्न वा होम सेफ अलर्ट प्राप्त गर्न सक्दैन ।स्न्याप म्यापमा ४० करोड बढी मासिक सक्रिय प्रयोगकर्ता रहेको बताइन्छ । सन् २०१७ मा सार्वजनिक गरिएको स्न्याप म्याप सुरुमा प्रयोगकर्ताहरूलाई आफ्ना साथीहरूको लोकेसन हेर्न र विश्वभरका सार्वजनिक स्न्यापहरू ब्राउज गर्नका लागि एक माध्यमको रूपमा रहेको थियो । समयसँगै यो सुविधा विकसित हुँदै गएको छ र अब यसले प्रयोगकर्ताहरूलाई स्थानीय हटस्पटहरू पत्ता लगाउन र विभिन्न गतिविधिहरू खोज्नका लागि पनि मद्दत गर्छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend