images

२०८३ आश्विन १८ गते

images
images
images
  • शिक्षा
  • लुम्बिनी बौद्ध विश्वविद्यालयद्वारा ८० अर्बको देवदह...

लुम्बिनी बौद्ध विश्वविद्यालयद्वारा ८० अर्बको देवदह गुरूयोजना सार्वजनिक

लुम्बिनी बौद्ध विश्वविद्यालयद्वारा ८० अर्बको देवदह गुरूयोजना सार्वजनिक

images
images
शुक्रवार, श्रावण ९ २०८२
शुक्रवार, श्रावण ९ २०८२
  • उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लुम्बिनी बौद्ध विश्वविद्यालयको देवदह गुरूयोजना सार्वजनिक गरेका छन् । लुम्बिनीमा शुक्रबार आयोजित अन्तर्राष्ट्रिय छात्रावास भवनको शिलान्यास तथा देवदह गुरूयोजना सार्वजनिक समारोहमा अर्थमन्त्रीले पौडेलले रुपन्देहीको देवदहमा झण्डै ८० अर्ब लागतमा बन्ने पूर्वाधार गुरूयोजना सार्वजनिक गरेका हुन् ।सरकारले २०७७ सालमा देवदहको झण्डै ९२ विगाहा जमिन विश्वविद्यालयलाई भोगाधिकार दिएको थियो । सोही जमिन ओगट्नेगरी बनेका योजनाहरू कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा असार ३२ गते बसेको अठौं सभा बैठकले स्वीकृत गरेको थियो ।

    images
    images

    सभाबाट स्वीकृत गुरूयोजना उपप्रधानमन्त्री पौडेलले शुक्रबार सार्वजनिक गर्दै पूर्णता दिन विश्वविद्यालय तदारुकता साथ लाग्नुपर्ने बताए । ‘गुरूयोजना बनाएर मात्रै हुँदैन, यसको कार्यान्वयनका लागि विश्वविद्यालयको अग्रसरता निरन्तर हुनुपर्छ,' उनले भने ‘हामीहरू साथ र सहयोग गर्न सधैं तत्पर छौं ।’२०५१ सालमा विश्वविद्यालय स्थापना गर्न माग गर्दै हस्ताक्षर संकलन गरिएको क्षण स्मरण गर्दै उनले अहिले विश्वविद्यालयको स्वरूपमा पुगेको बताए । ‘यो विश्वविद्यालय देशको एक नम्बर र विश्वकै शैक्षिक गन्तव्यका रूपमा स्थापित हुन सक्छ,' उनले भने, ‘शैक्षिक गुणस्तर कायम गरेर विद्यार्थीको रोजाइमा पुर्‍याउनुपर्छ ।’

    बौद्ध दर्शनका साथै अन्य विषयसमेत प्राध्यापन गराउँदा विश्वविद्यालय अझै प्रभावकारी रूपमा अघि बढेको उनको भनाइ थियो । विश्वविद्यालयलाई लुम्बिनी र गौतम बुद्धका रूपमा ब्रान्डिङ गर्न सहज हुने भएकाले त्यसको फाइदा उठाउँदै अन्तर्राष्ट्रिय स्तरमा फैलाउन उनले निर्देशन समेत दिए ।८० अर्बको गुरूयोजनालाई मूर्तरूप दिँदै शैक्षिक गुणस्तरमा पनि अब्बल हुनुपर्ने उनले बताए । पूर्वाधार विकाससँगै शैक्षिक र जनशक्ति विकासका योजना बनाउन आग्रह गर्दै उनले त्यसको कार्यान्वयनमा सरकारले काम गर्ने प्रतिबद्धता जनाए ।सोही अवसरमा उपप्रधानमन्त्री पौडेलले लुम्बिनी विकास कोषका योजना पूरा हुन नसकेकोमा चिन्ता समेत व्यक्त गरे । ‘बजेट भएर मात्रै पनि विकास नहुने रहेछ, राष्ट्रिय गौरवको लुम्बिनी विकास योजना ४० वर्ष नाघ्दा पनि सकिएन,' उनले थपे, ‘यस्ता संस्थाहरूको नेतृत्व लौकिक मोहबाट माथि उठेको, संस्कृति, सम्पदाको महत्त्व बुझेको र ज्ञान भएको हुनुपर्दाे रहेछ ।'

    images
    images

    लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिस्ट्रार डा. तिलकराम आचार्यले विश्वविद्यालयको स्थापनादेखि हालको विकाससम्म अर्थमन्त्री पौडेलले पुर्‍याएको योगदानको चर्चा गर्दै देवदह गुरूयोजना कार्यान्वयनमा पनि ठूलो सहयोग हुने विश्वास व्यक्त गरे । विश्वविद्यालयले पूर्वाधार निर्माणसँगै प्राज्ञिक अनुसन्धानहरू सरकारका योजनामा पर्नेगरी काम गरिरहेको उनले बताए ।देवदहको जग्गा प्राप्तिमा भएको कठिनाइ स्मरण गर्दै उनले गरूयोजना कार्यान्वयन हुँदा मुलुककै नमूना विश्वविद्यालयका रूपमा स्थापित हुने बताए । लुम्बिनी, देवदह र बुटवललाई शैक्षिक केन्द्रका रूपमा विकास गर्नेगरी विश्वविद्यालयले पूर्वाधार निर्माण गरिरहेको उनले बताए ।विश्वविद्यालयले रुपन्देहीको खडैयामा १२ करोड ८३ लाखको लागतमा एक सय जना विद्यार्थी बस्ने क्षमताको अन्तर्राष्ट्रिय होस्टेल निर्माण गर्न लागेको हो । सो निर्माण बीस महिनाभित्र सकिने अपेक्षा रहेको छ । विश्वविद्यालयमा हाल करिब २ सय विदेशीसहित ३ हजार विद्यार्थी अध्ययनरत रहेका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend