images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • फोन पेको २० प्रतिशत सेयर सर्वसाधारणमा...

फोन पेको २० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्ने तयारी

फोन पेको २० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्ने तयारी

images
images
शुक्रवार, श्रावण ९ २०८२
शुक्रवार, श्रावण ९ २०८२
  • डिजिटल भुक्तानी सेवा सञ्चालक फोन पेले पनि आइपिओ ल्याउने भएको छ।कम्पनीले २० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्ने तयारी गरिरहेको छ। हाल कम्पनीको चुक्ता पुँजी ५१ करोड रूपैयाँ छ।कम्पनीले प्रिमियम मूल्यमा आइपिओ ल्याउने योजना बनाएपनि यसमा निर्णय भइसकेको छैन। अंकित मूल्यमै आइपिओ आएमा भने कम्पनीले १० करोड २० लाख रूपैयाँ बराबरको सेयर जारी गर्नेछ।

    images
    images

    योसँगै चुक्ता पुँजी ६१ करोड २० लाख रूपैयाँ पुग्नेछ। हालै मात्र खेतान समूहले पनि कम्पनीमा लगानी गर्न लागेको छ। एफ वानसफ्टको स्वामित्वमा रहेकोमध्ये २० प्रतिशत सेयर खेतान समूहले किन्ने तयारी भइरहेको हो। यसको लागि कम्पनीले राष्ट्र बैंकमा स्वीकृति मागिरहेको छ। ६ वर्षदेखि सञ्चालनमा रहेको एफवान सफ्ट भुक्तानी सेवा सञ्चालक संस्थाहरूमध्ये एक मुख्य सेवा हो। हाल कम्पनीको क्युआर कोड मार्फत् मात्रै बार्षिक सात खर्ब रूपैयाँ हाराहारीको भुक्तानी हुने गरेको छ। 

    कम्पनीले बार्षिक १६ करोड हाराहारी आम्दानी गर्दै आएको छ। आर्थिक वर्ष २०८०/८१  मा कम्पनीले सेयर लगानीकर्तालाई १०.५३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend