images

२०८३ आश्विन १८ गते

images
images
images
  • प्रविधि
  • वाईफाईलेनै तपाई कोठा भित्र के गर्दैहुनुहुन्छ...

वाईफाईलेनै तपाई कोठा भित्र के गर्दैहुनुहुन्छ भनेर जानकारी दिने...

वाईफाईलेनै तपाई कोठा भित्र के गर्दैहुनुहुन्छ भनेर जानकारी दिने...

images
images
शुक्रवार, श्रावण ९ २०८२
शुक्रवार, श्रावण ९ २०८२
  • कल्पना गरौँ यदि तपाईंलाई थाहा भयो कि वाईफाईको माध्यमबाट तपाईं कोठामा के गर्दै हुनुहुन्छ सबै थाहा हुने गर्दछ । यो कुनै हलिवुडको साइन्स फिक्शन सीन झैं लाग्न सक्छ, तर यो सबै सम्भव छ। रोमको ला सापिएन्जा विश्वविद्यालयका रिसर्चरहरूको दाबी अनुसार, वाईफाईबाट निस्कने सिग्नलले कोठामा भएका व्यक्तिलाई सजिलै ट्रेस गर्न सक्छ।यस टेक्नोलोजीलाई हुफाई (Who-Fi) नाम दिइएको छ, जुन बिना क्यामेरा, माइक्रोफोन र बिना कुनै डिभाइसका काम गर्छ। यो कोठामा भएका व्यक्तिको साइज वा मूभमेन्टबाट वायरलेस सिग्नलमा हुने परिवर्तनहरू पहिचान गरी सजिलै ट्र्याक गर्न सक्छ।

    images
    images

    यो टेक्नोलोजी कसरी काम गर्छ?
    कोठामा वाईफाईका सिग्नलहरू यता-उता फैलिँदा, ती मध्ये केही सिग्नल कुनै वस्तु वा व्यक्तिको शरीरले अवशोषित गर्छ। प्रत्येक व्यक्तिको शरीरले ती सिग्नलमा फरक प्रतिक्रिया जनाउँछ। हुफाईले सिग्नल एम्प्लीट्यूड र फेजका सूक्ष्म परिवर्तनहरू मापन गरी समात्छ। यस सिस्टममा न्यूरल नेटवर्कको प्रयोग गरिन्छ र यसले प्रत्येक व्यक्तिको यूनिक सिग्नल प्याटन्ट पहिचान गर्न सक्षम हुन्छ।यो डेटासेट रिसर्चरहरूले एनटीयू-फाई​(​​​​​​NTU-Fi) भनेर नामकरण गरेका छन्, जुन वाईफाई सेंसिङ टेक्नोलोजीको स्ट्यान्डर्ड टेस्टिङमा प्रयोग हुन्छ। उनीहरूले सिस्टमलाई एक कोठाबाट अर्को कोठामा सर्ने वा फरक लोकेशनमा भएका व्यक्तिलाई पहिचान गर्न ट्रेन गरेका छन्। यस टेक्नोलोजीले कुनै व्यक्तिलाई फेरि पहिचान गर्ने एक्युरेसी ९५.५ प्रतिशतसम्म पुगेको छ।

    क्यामेरा वा माइक्रोफोनको विपरीत, वाईफाईमा आधारित यो टेक्नोलोजी इमेज वा साउन्ड क्याप्चर गर्दैन। यो एक अर्थमा व्यक्तिको प्राइभेट मूभमेन्टलाई गुप्त राख्दछ, तर प्राइभेसीका लागि खतरनाक हुनसक्छ। यसको मद्दतले मानिसहरूको गतिविधिमा सजिलै नजर राख्न सकिन्छ।रिसर्चरहरूले जोड दिन्छन् कि हुफाई टेक्नोलोजीले कुनै पनि व्यक्तिको बायोमेट्रिक वा पर्सनल इन्फर्मेशन सोझै कलेक्ट गर्दैन। यद्यपि, यसले घर, अफिस वा सार्वजनिक स्थानमा मानिसहरूलाई ट्रेस गर्न सक्ने क्षमता राख्छ।यो टेक्नोलोजी अहिलेसम्म रिसर्च ल्याबसम्म सीमित छ। तर, वाईफाई नेटवर्क अब घरघरमा सहजै पुगेको छ। यो टेक्नोलोजी सुरक्षा निगरानी, हेल्थ मनिटरिङमा मूभमेन्ट वा बिहेभियर ट्र्याकिङमा प्रयोग गर्न सकिन्छ। साथै, मिलिटरी अपरेशन्सका क्रममा लुकेका दुश्मन खोज्न पनि उपयोगी हुनसक्छ। हुफाई हाल डेभलपमेन्ट फेजमा छ र भविष्यमा अझ व्यापक रूपमा प्रयोगमा आउन सक्ने अपेक्षा छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend