images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • समस्याग्रस्त पाँच सहकारीका ऋणीलाई डेढ महिने...

समस्याग्रस्त पाँच सहकारीका ऋणीलाई डेढ महिने अल्टिमेटम

समस्याग्रस्त पाँच सहकारीका ऋणीलाई डेढ महिने अल्टिमेटम

images
images
शुक्रवार, श्रावण ९ २०८२
शुक्रवार, श्रावण ९ २०८२
  • समस्याग्रस्त घोषित पाँच सहकारीका ऋणीलाई कर्जा चुक्ता गर्न डेढ महिनेको समय दिइएको छ । बागमती प्रदेश, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आज एक सूचना जारी गर्दै ती सहकारीका ऋणीलाई भदौ मसान्तभित्र ऋण तिरिसक्न निर्देशन दिएको हो । सिभिल, दर्शन, नेशनल नमोबुद्ध, लालीगुराँस र सुमेरु बचत तथा ऋण सहकारीका ऋणीलाई कर्जा फरफारकका निम्ति सम्पर्कमा आउन भनिएको छ । कार्यालयले भदौ ३१ गतेभित्र कर्जा चुक्ता गरेमा ब्याज र हर्जनाको हिसाब सम्बन्धित सहकारी समस्याग्रस्त घोषणा हुनुभन्दा अघिल्लो दिनलाई मात्र आधार मान्ने जनाएको छ ।

    images
    images

    तर, उक्त समयावधिभित्र नतिरेमा कर्जा चुक्ता गर्ने मितिको अघिल्लो दिनसम्म आधार मानी साँवा, ब्याज र हर्जनासहित ऋण असुल्ने सूचनामा उल्लेख छ । ‘मिति २०८२ भदौ ३१ गतेभित्र यस समितिको बैंक खातामा बुझाएको हकमा सोको ब्याज गणना र हर्जानाको हिसाब सम्बन्धित सहकारी समस्याग्रस्त घोषणा हुनुभन्दा अघिल्लो दिनलाई आधार मानिने तथा ०८२ भदौ मसान्तसम्म पनि ऋण रकम चुक्ता गर्न नआउने ऋणीहरुको हकमा ऋण चुक्ता गर्ने मितिको अघिल्लो दिनसम्म आधार मानी साँवा, ब्याज र हर्जना रकम गणना गरी ऋण असुली गर्ने समितिको निर्णय भएकोले ऋण फरफारक गर्न यस कार्यालयमा अविलम्ब सम्पर्क गर्न जानकारी गराइन्छ’, सूचनामा भनिएको छ । 

    अन्यथा, ऋण असुलीसम्बन्धी आवश्यक कानूनी कारबाही प्रक्रिया अघि बढाउने कार्यालयको चेतावनी छ । सिभिल ०८० भदौ २१ गते, दर्शन ०८१ कात्तिक ११ गते, नेशनल नमोबुद्ध, लालीगुराँस र सुमेरु बचत तथा ऋण सहकारी ०८१ पुस २८ गते समस्याग्रस्त घोषित भएका थिए ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend