images

२०८३ आश्विन १९ गते

images
images
images

'सिटामोल' को अफिसियल ट्रेलर सार्वजनिक

'सिटामोल' को अफिसियल ट्रेलर सार्वजनिक

images
images
बुधवार, श्रावण ७ २०८२
बुधवार, श्रावण ७ २०८२
  • प्रदर्शन तयारीमा रहेको फिल्म 'सिटामोल' को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ। बुधबार ओएसआर डिजिटल युट्युबमार्फत ट्रेलर रिलिज गरिएको हो। ट्रेलरको सुरूका दृश्यहरूमा नेपाली समाजमा देखिने पारिवारिक झमेला, गरिबी, बेरोजगारी र सरकारी लापरवाहीलाई हास्य व्यंग्यको रुपमा प्रस्तुत गरिएको छ। मुख्य पात्रहरू गाउँले परिवेशमा देखिन्छन्, जहाँ मानिसले सामान्य समस्या समाधानका लागि पनि धेरै दुःख पाइरहेका देखिन्छ।फिल्ममा सामाजिक सन्देशलाई हास्यरसको माध्यमबाट प्रस्तुत गर्ने प्रयास गरिएको छ, जसले दर्शकलाई हँसाउँदै सोच्न पनि बाध्य पार्ने संकेत ट्रेलरले दिएको छ। 

    images
    images

    राज बहादुर सानेको निर्देशनमा बनेको 'सिटामोल' मा मुख्य भूमिकामा सौगात मल्ल र बेनिशा हमाल छन्। फिल्ममा उनीहरू श्रीमान–श्रीमतीको रूपमा देखिँदैछन्।साथमा श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बालकलाकार करण नेपाली, आराध्या राज्यलक्ष्मी डिसीले यसमा अभिनय गरेका छन्।

    तुल्सी देवी फिल्म प्रालीले जुनतारा फिल्मस्को सहकार्यमा निर्माण भएको फिल्मको कथा प्रदीप भारद्धाज र निर्देशक सानेले लेखेका हुन्। सिमोस सुनुवारको प्रस्तुती रहेको फिल्ममामा भुगोल कुमार कार्की र विकास राज जोशी निर्माता तथा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता छन्। गंगाराम श्रेष्ठ फिल्मको सह–निर्माता हुन्।बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन रहेको फिल्म दिव्यराज सुवेदीले खिचेका हुन्।'सिटामोल' यही साउन २३ गतेदेखि प्रदर्शनमा आउनेछ।

    images
    images
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend