images

२०८३ आश्विन १९ गते

images
images
images

एक सय ५७ रोपनीमा सुन्तलाखेती विस्तार

एक सय ५७ रोपनीमा सुन्तलाखेती विस्तार

images
images
बुधवार, श्रावण ७ २०८२
बुधवार, श्रावण ७ २०८२
  • दमौली।जिल्लास्थित कृषि ज्ञान केन्द्रले १५७ रोपनी क्षेत्रफलमा सुन्तलाखेती विस्तार गरेको छ । आर्थिक वर्ष २०८१-८२ को कार्यक्रमअनुसार केन्द्रले उक्त क्षेत्रफलमा सुन्तलाखेती विस्तार गरेको हो । केन्द्रले ब्लक विकास कार्यक्रमअन्तर्गत भिमाद नगरपालिका–९ स्थित अस्पाग्दी सुन्तला विकास कृषक समूहमार्फत तीन हजार १५० सुन्तलाका बोट लगाइएको केन्द्रका प्रमुख गोपाल शर्मा लामिछानेले जानकारी दिए । उनका अनुसार यस कार्यक्रमका लागि रु १४ लाख ५० हजार बजेट विनियोजन गरिएकामा रु सात लाख ४८ हजार खर्च भएको छ । 

    images
    images

    यस कार्यक्रमअन्तर्गत सहकारीलाई आठ मिनीटिलर, सात स्प्रेयर, पाँच आरी, दश सिकेचर, दश ट्याक्टर गोठेमल वितरण गरिएको जनाउँदै उनले तीन पोखरी र चार सिँचाइ ट्यांकी निर्माण गरिएको बताए।यसैगरी, केन्द्रले सोही आर्थिक वर्षमा १९ वटा सहकारीमार्फत फलफूल बगैँचा व्यवस्थापन तथा सुदृढीकरण सहयोग कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका लागि १५ लाख बजेट विनियोजन गरिएकामा १० लाख ४० हजार वितरण गरिएको लामिछानेले जानकारी दिए । उनका अनुसार कार्यक्रममार्फत ३८१ रोपनी क्षेत्रफलमा लगाइएका फलफूल बगैँचा व्यवस्थापन तथा सुदृढीकरण भएको छ । 

    यस कार्यक्रममार्फत ५० किलो चुना, ४० किलो नीलोतुथो, २६० किलो ‘रेडिमेड पेष्ट’, एक लाख ९४ हजार ८०० किलो गोबर मल, ३०० किलो पिना, तीन हजार १०० मिटर सिँचाइ पाइप, आठ ब्रस कटर, दुई मिनीटिलर, ६० आरी, एक मोटर र एक तराजु वितरण गरिएको छ । फलफूल बगैँचा स्थापना तथा विस्तार कार्यक्रमअन्तर्गत ४१४ रोपनी क्षेत्रफलमा नयाँ फलफूल बगैँचा स्थापना गरिएको केन्द्रले जनाएको छ । कार्यक्रम सञ्चालनका लागि २० कृषक समूह छनोट भएका गरी रु ३० लाख बजेटमध्ये १३ लाख ५३ हजार खर्च भएको लामिछानेले जानकारी दिए । यस कार्यक्रमबाट सुन्तला कलमी एक हजार २७२, सुन्तला बिजु तीन हजार २५०, कागती कलमी ४६०, कागती बिजु ७९०, निबुवा ४६०, एभोकाडो १६०, लिची १६७, मेवा ८२०, केरा ५२८, ड्रागन एक हजार ५०० र अन्य बिरुवा ३२९ रोपिएका छन् ।

    images
    images

    सुन्तलाजात फलफूल बगैँचा सुदृढीकरण कार्यक्रमअन्तर्गत सातहजार ९२५ रोपनी क्षेत्रफलमा लगाइएको सुन्तलाजात फलफूल बगैँचा व्यवस्थापन तथा सुदृढीकरण गरिएको छ । यसका लागि रु ६० लाख बजेट रहेकामा रु ३९ लाख ८८ हजार खर्च भएको र ७० कृषक समूह लाभान्वित भएको केन्द्रले जनाएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend