images

२०८३ आश्विन १६ गते

images
images
images
  • शिक्षा
  • कक्षा ११ र १२ को छात्रवृत्तिको...

कक्षा ११ र १२ को छात्रवृत्तिको मनोनयन सुची सार्वजनिक

कक्षा ११ र १२ को छात्रवृत्तिको मनोनयन सुची सार्वजनिक

images
images
बुधवार, श्रावण ७ २०८२
बुधवार, श्रावण ७ २०८२
  • काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११ र १२ को छात्रवृत्ति कोटाको पहिलो मनोनयन सूची सार्वजनिक गरेको छ। पहिलो चरणमा ३,३६१ विद्यार्थी छनाेट हुनु भएकाे छ । मनोनयन भएका विद्यार्थीले  साउन ९ गते भित्र तोकिएको शिक्षण संस्थामा भर्ना हुनुपर्ने विभागले जनाएकाे छ ।  

    images
    images

    परीक्षामा उत्तीर्ण भई पहिलो चरणमा मनोनयन हुन नसकेका परीक्षार्थीहरुलाई पहिलो चरणमा मनोनयन भएका विद्यार्थीले मिति २०८२।०४।०९ गतेसम्ममा भर्ना नभई रिक्त रहेका सिटसमेतमा योग्यताक्रमकै आधारमा दोस्रो चरणमा मनोनयनका लागि मिति २०८२।०४।१० गतेपश्चात सूचना प्रकाशन गर्ने शिक्षा विभागका निमित्त विभागीय प्रमुख केशव ज्ञावालीले बताउनु भयाे । महानगरपालिकाको शिक्षा विभागका अनुसार, २०८२/०४/०३ मा ५४ परीक्षा केन्द्रहरूमा सञ्चालित प्रवेश परीक्षामा १४,१७३ विद्यार्थी सहभागी हुनुहुन्थ्याे ।  तीमध्ये १०,८६७ जनाले न्यूनतम ४०% (४० अङ्क) प्राप्त गरी उत्तीर्ण गर्नु भएकाे थियाे ।  परीक्षा कक्षा १० को पाठ्यक्रममा आधारित थियो, जसमा गणित, विज्ञान र अङ्ग्रेजीबाट ३०-३० प्रश्न र सामान्य ज्ञानबाट १० प्रश्न गरी कुल १०० बहुवैकल्पिक प्रश्न समावेश थिए। नकारात्मक अङ्कनको व्यवस्था थिएन।

    images
    images

    देशभरका ७७ जिल्लाबाट प्राप्त १७,२२९ आवेदनमध्ये १६,१३७ विद्यार्थी परीक्षाका लागि छनोट हुनु भएकाे थियाे ।  प्रारम्भिक नतिजा २०८२/०४/०४ मा र समूहगत/विषयगत अन्तिम योग्यताक्रम २०८२/०४/०६ मा प्रकाशित भएको थियो। छात्र/छात्रा र कोटा सम्बन्धी विवरण संशोधन गरी एकमुष्ट योग्यताक्रम नतिजाentrance.kathmandu.gov.npमा अद्यावधिक गरिएको थियाे ।मनोनयन सूची योग्यताक्रम र विद्यार्थीले आवेदनमा उल्लेख गरेको शिक्षण संस्थाको प्राथमिकताक्रमका आधारमा तयार गरिएको छ। साधारण कोटामा सामुदायिक विद्यालय, संस्थागत विद्यालय, काठमाडौँ महानगरका स्थायी बासिन्दा र ल्याण्डफिल साइट क्षेत्रका विद्यार्थीलाई प्राथमिकता दिइएको छ। आरक्षण कोटामा छात्रा, आदिवासी/जनजाति, मधेशी, खस आर्य, दलित, मुस्लिम, थारु, अपाङ्गता भएका, पिछडिएको क्षेत्रका व्यक्ति, शहीद/बेपत्ता/द्वन्द्वपीडित परिवारका विद्यार्थी समावेश हुनुहुन्थ्याे । 

    महानगरका विद्यालयहरूमा हाल सम्म ४ हजार ४९३ छात्रवृत्ति सिट उपलब्ध छन् । विद्यार्थीले आफ्नो रोल नम्बर, जन्म मिति र इमेल वा SMS मार्फत प्राप्त पासवर्ड प्रयोग गरीentrance.kathmandu.gov.npमा मनोनयन पत्र हेर्न, डाउनलोड गर्न वा प्रिन्ट गर्न सक्ने छात्रवृत्ति परीक्षा समितिका सदस्य–सचिव रामचन्द्र खड्काले बताउनुभयो।मनोनयन भएका विद्यार्थीले २०८२/०४/०९ भित्र तोकिएको शिक्षण संस्थामा भर्ना हुनुपर्नेछ। भर्ना नभएमा उक्त कोटामा दोस्रो चरणको मनोनयन गरिनेछ, र पहिलो चरणमा मनोनयन भएकाले दाबी-विरोध गर्न पाउने छैनन्। विद्यार्थीलाई भर्ना म्यादबारे SMS र इमेलमार्फत जानकारी गराइने छ। शिक्षण  संस्थाहरूलाई   entrance.kathmandu.gov.npमा लगइन गर्न युजरनेम र पासवर्ड प्रदान गरिनेछ। संस्थाले भर्ना भएको दिन अपडेट गर्नुपर्ने खड्काले बताउनु भयाे ।पहिलो चरणमा मनोनयन हुन नसकेका उत्तीर्ण विद्यार्थीलाई २०८२/०४/०९ पछि रिक्त सिटहरूमा योग्यताक्रमका आधारमा दोस्रो चरणको मनोनयनका लागि २०८२/०४/१० पश्चात् सूचना प्रकाशन गरिने शिक्षा विभागले जनाएकाे छ । परीक्षामा उत्तीर्ण भई पहिलो चरणमा मनोनयन हुन नसकेका परीक्षार्थीहरुलाई पहिलो चरणमा मनोनयन भएका विद्यार्थीले मिति २०८२।०४।०९ गतेसम्ममा भर्ना नभई रिक्त रहेका सिटसमेतमा योग्यताक्रमकै आधारमा दोस्रो चरणमा मनोनयनका लागि मिति २०८२।०४।१० गतेपश्चात सूचना प्रकाशन गर्ने शिक्षा विभागका निमित्त विभागीय प्रमुख केशव ज्ञावालीले बताउनु भयाे । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend