images

२०८३ आश्विन १९ गते

images
images
images

‘रिमै’ को टिजर सार्वजनिक

‘रिमै’ को टिजर सार्वजनिक

images
images
मंगलवार, श्रावण ६ २०८२
मंगलवार, श्रावण ६ २०८२
  • काठमाडौं । खिल बहादुर गुरुङको निर्देशनमा निर्माण भएको सिनेमा ‘रिमै’ को टिजर सार्वजनिक गरिएको छ ।मंगलबार सिनेमाको करिब २ मिनेट लामो टिजर सार्वजनिक गर्दै निर्माण टिमले सिनेमाको प्रदर्शन मिति समेत एक हप्ता अगाडी ल्याएको हो ।यसअघि भदौ २७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमा अब भदौ २० गतेबाट देशव्यापी प्रदर्शनमा आउनेछ ।

    images
    images

    सिनेमाको यो टिजरले एक रहस्यमय, रोमाञ्चक र भावनात्मक कथा प्रस्तुत गर्ने संकेत गरेको छ । टिजरमा ग्रामीण परिवेश, संस्कृति, प्रेम, पीडा र बदला मिसिएको कथावस्तु झल्काइएको छ । दयाहाङ राईको गम्भीर भूमिका, रिश्मा गुरुङको आत्मीय उपस्थिति, अर्पण थापाको रहस्यमय चरित्र र बुद्धि तामाङको गहिरो अभिनयले दर्शकको ध्यान खिच्न सफल भएको देखिन्छ ।

    सिनेमाको छायांकन र संवादले समाजका गहिरा यथार्थ प्रस्तुत गर्ने आशा टिजरले दिलाउँछ । टिजरको अन्त्यतिर देखिएको तनावपूर्ण दृश्यले कथामा द्वन्द्वको पाटो पनि महत्वपूर्ण रहने संकेत गर्छ । गुरुङ संस्कारलाई विशेष रुपमा प्रस्तुत गरिएको टिजरले सिनेमाप्रति दर्शकमाझ उत्साह पैदा गर्ने विश्वास निर्माण टिमको छ ।गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्म्स् प्रालीको प्रस्तुती र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको सिनेमामा गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिवी गुरुङ, टेक गुरुङ र बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगर लगायतको अभिनय रहेको छ ।

    images
    images

    उपेन्द्र सुब्बाको लेखन रहेको सिनेमालाई शैलेन्द्र ध्वज कार्कीले छायांकन गरेका हुन् । वीरवल घले कार्यकारी निर्माता रहेको सिनेमामा टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्माता तथा बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह-निर्माताको रुपमा रहेका छन् ।सिनेमामा दीपक शर्मा र थानेश्वर गौतमको संगीत, किरण चाम्लिङ राई मुख्य सहायक निर्देशक, बिष्णु मैनाली प्रोडक्सन म्यानेजर र मित्र डि गुरुङको सम्पादन रहेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend