images

२०८३ आश्विन १७ गते

images
images
images

यी १३ वस्तुको व्यापारमा नेपालले गर्‍यो नाफा, कुनमा कति?

यी १३ वस्तुको व्यापारमा नेपालले गर्‍यो नाफा, कुनमा कति?

images
images
मंगलवार, श्रावण ६ २०८२
मंगलवार, श्रावण ६ २०८२
  • थेगिनसक्नु आयात र कमजोर निर्यातका बीच पनि नेपालले १३ वटा वस्तुको वैदेशिक व्यापारमा नाफा गरेको छ।आर्थिक वर्ष २०८१/८२ मा नेपालको व्यापारघाटा १५ खर्ब २७ अर्बमा पुग्दा केही वस्तुहरुको निर्यात भने सुधारिएको हो।यो वर्ष कफी, चिया र चियामसला, वनस्पतिबाट निर्मित वस्तुहरु, छालाजन्य कच्चापदार्थ, कोइला, कार्पेटलगायतका वस्तुहरुको व्यापारमा नेपालले नाफा गरेको तथ्यांकले देखाएको छ। यी वस्तुहरु व्यापारमा अघिल्लो वर्षभन्दा सुधार देखिएको छ।

    images
    images

    भन्सार विभागका अनुसार यो वर्ष नेपालले १२ अर्ब २५ करोड रुपैयाँबराबरको कार्पेट तथा गलैँचा निर्यात गर्दा ५७ करोड ७८ लाखबराबरको मात्र आयात गरेको छ। यो वर्ष उक्त वस्तु व्यापारमा नेपाल ११ अर्ब ६७ करोड रुपैयाँले नाफामा छ। यस्तै तरकारी तथा फलफूलजन्य वस्तुहरुमा पनि नेपालको नाफा अघिल्लो वर्षभन्दा बढेको छ। आर्थिक वर्ष २०८१/०८२ मा कुल ७ अर्ब ७४ करोड रुपैयाँ निर्यात हुँदा २ अर्ब ३८ करोडको आयात भएको हो। यो वर्ष तरकारी तथा फलफुलको व्यापारमा नेपाल ५ अर्ब ३५ करोड रुपैयाँले नाफामा छ भने कोइलाको व्यापारमा पनि नेपाल ४ अर्बले नाफामा छ।

    योबाहेकका वस्तुहरुमध्ये कफी, चिया र चियामसला, वनस्पतिद्वारा निर्मित वस्तु, फेल्टको व्यापारमा नेपाल ३ खर्बभन्दा धेरैले नाफामा देखिन्छ।यो वर्ष नेपालले विभिन्न मुलुकमा १३ अर्बबराबरको कफी, चिया र मसला निर्यात हुँदा ४ अर्बको वनस्पतिजन्य वस्तुहरु, ५ अर्बको फेल्टबाट बनेका वस्तुहरुको निर्यात गरेको छ। यस्तै वाद्यवादन तथा त्यसका सामग्रीको व्यापारमा नेपाललाई ६८ करोड नाफा देखिँदा सिसाजन्य वस्तुहरुको व्यापारमा ८५ करोड, फेल्टबाट निर्मित लत्ताकपडाको व्यापारमा १७ करोड नाफा भएको छ।यीबाहेक गत आर्थिक वर्षमा मासु र मासुजन्य वस्तुहरुमा ११ करोड, पुरातात्विक कला तथा कलात्मक वस्तुहरुको व्यापारमा २६ करोड रुपैयाँ नाफा भएको छ। 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend