images

२०८३ आश्विन १९ गते

images
images
images

‘मदन पुरस्कार–२०८१’ का लागि सात कृति छनोट

‘मदन पुरस्कार–२०८१’ का लागि सात कृति छनोट

images
images
मंगलवार, श्रावण ६ २०८२
मंगलवार, श्रावण ६ २०८२
  • काठमाडौं। नेपाली साहित्यको प्रतिष्ठित पुरस्कार ‘मदन पुरस्कार–२०८१’ का लागि सात कृति छनोट भएका छन्।मदन पुरस्कार गुठीले मंगलबार विज्ञप्ति जारी गर्दै पुरस्कारका लागि प्राप्त २९९ पुस्तकहरूबाट उत्कृष्ट सातको संक्षिप्त सूची सार्वजनिक गरेको हो।

    images
    images

    गुठीका अध्यक्ष कुन्द दीक्षितद्वारा जारी विज्ञप्तिअनुसार, छनोटमा परेका कृतिहरूमा कथा, कविता, यात्रा संस्मरणदेखि गैरआख्यानसम्मका पुस्तकहरू समेटिएका छन्।यी सातमध्ये एक कृतिलाई यस वर्षको मदन पुरस्कार प्रदान गरिनेछ।

    छनोटमा परेका पुस्तक

    उरमाल – छुदेन काविमो
    छालबाटो : कैलाशदेखि गङ्गासम्म – रमेश भुसाल
    दर्ज्यु संलाप – कुमारी लामा
    पञ्चतत्त्वको पालाम – मनप्रसाद सुब्बा
    बहुरुपी – श्रेयज सुवेदी
    भिक्षु, व्यापार र विद्रोह – सुधीर शर्मा
    हिउँको गीत – तीर्थ गुरुङ

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend