पञ्चकोशी (दैलेख) । जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखले गत आर्थिक वर्ष २०८१/८२मा ३० लाख १८ हजार पाँच सय रुपियाँभन्दा बढी राजस्व उठाएको छ । ट्राफिक निमय उल्लङ्घन गर्ने सवारी साधनका चालकलाई कारबाही गर्दा उक्त राजस्व सङ्कलन भएको हो ।गत आर्थिक वर्षमा सवारी नियम उल्लङ्घन गर्नेलाई कारबाही गरेर ३० लाख १८ हजार पाँच सय रुपियाँ राजस्व उठाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखका ट्राफिक प्रहरी प्रमुख दिलीपकुमार बुढाले बताए ।
दैलेख जिल्लाका विभिन्न ठाउँमा खटिएका ट्राफिक प्रहरी टोलीले असार सान्तसम्मको अवधिमा तीन हजार तीन सय ४३ सवारी साधनका चालकलाई कारबाही गरिएको उहाँले बताउनुभयो ।जिल्लामा ट्राफिक नियमको उल्लङ्घन गर्ने, मादक पदार्थ सेवन सवारी गर्ने, साधनमध्ये सबैभन्दा बढी मोटरसाइकल, जिप, कार दोस्रो नम्बरमा ट्रक, बस, ट्याङ्कर, ट्याटर, अटो, टेम्पो रहेका ट्राफिक प्रहरी प्रमुख बुढाको भनाइ छ । गत आबको तुलनामा यस आवमा सवारी दुर्घटनामा तीन प्रतिशतले बढेको उहाँले बताउनुभयो ।
ट्राफिक प्रहरी प्रमुख बुढाका अनुसार सवारीचालक अनुमतिपत्र नलिएका, साथमा आवश्यक कागजात नबोकेका, मादक पदार्थ सेवन गरेका, तीव्र गति र क्षमताभन्दा बढी लोड गरी चलाइएका, हेल्मेट, प्रयोग नगरेका सवारी साधनका चालकलाई कारबाही गरिएको हो ।जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखले जिल्लाका विभिन्न पालिकाअन्तर्गतका विद्यालयमा दुर्घटना न्यूनीकरणसम्बन्धी जनचेतनामूलक कार्यक्रम समेत गर्दै आएको छ ।




.gif)





