images

२०८३ आश्विन १८ गते

images
images
images
  • प्रविधि
  • कमजोर पासवर्डले गर्दा डुब्यो १५८ वर्ष...

कमजोर पासवर्डले गर्दा डुब्यो १५८ वर्ष पुरानो कम्पनी, ७०० जना कर्मचारी बेरोजगार

कमजोर पासवर्डले गर्दा डुब्यो १५८ वर्ष पुरानो कम्पनी, ७०० जना कर्मचारी बेरोजगार

images
images
सोमवार, श्रावण ५ २०८२
सोमवार, श्रावण ५ २०८२
  • काठमाडौँ । एउटा कमजोर पासवर्डका कारण १५८ वर्ष पुरानो कम्पनी तहसनहस बन्न पुगेको तथ्य बाहिरिएको छ । सन् २०२३ मा भएको साइबर आक्रमणका कारण बेलायतको यातायात कम्पनी केएनपी (KNP) बर्बाद हुँदा ७०० जना कर्मचारी समेत बेरोजगार बन्न पुगेका थिए ।नर्थह्याम्प्टनशायरको यातायात कम्पनी केएनपीले 'नाइट्स अफ ओल्ड' ब्रान्डमा ५०० लरी चलाउँथ्यो । उसको भनाईमा कम्पनीको आईटी सिस्टम उद्योगको मापदण्ड अनुरूपकै रहेको थियो र साइबर-आक्रमण सम्बन्धी बीमा समेत गरिएको थियो । तर साइबर आक्रमणको शिकार बनेपछि सधैँका लागि बन्द हुन पुग्यो ।

    images
    images

    सन् २०२३ मा अकिरा नामक ह्याकरहरूको समूह कम्पनीको प्रणालीमा प्रवेश गर्‍यो । ह्याकरहरू एक कर्मचारीको पासवर्ड अनुमान लगाएर कम्प्युटर प्रणालीमा प्रवेश गरेको मानिन्छ ।त्यसपछि उनीहरूले कम्पनीको डेटा इन्क्रिप्ट गरे र आन्तरिक प्रणालीहरू लक गरी दिए । ह्याकरहरूले डेटा फिर्ता गर्न फिरौती माग गरे, जसको रकम ५० लाख युरो (करिब ८० करोड नेपाली रुपैयाँ) रहेको थियो ।"यदि तपाईँले यो पढिरहनु भएको छ भने यसको मतलब तपाईँको कम्पनीको आन्तरिक पूर्वाधार पूर्णरूपमा वा आंशिक रूपमा ध्वस्त भइसकेको छ… आउ, सबै आँसु र रिसलाई आफूभित्रै राँखेर एक सकारात्मक संवाद सुरु गर्ने प्रयास गरौँ," फिरौतीको नोटमा लेखिएको थियो।

    तर, केएनपीसँग त्यो रकम थिएन, जसले गर्दा सबै डेटा हरायो र कम्पनी डुब्यो । परिणामस्वरूप ७०० जनाले रोजगारी गुमाए । केएनपीका निर्देशक पल एबटले पासवर्डका कारण कम्पनी डुबेको कुरा सम्बन्धित कर्मचारीलाई बताएका छैनन् ।बढ्दो फिरौतीको अपराध ह्याकरहरूका लागि लाभदायक भएकाले यसले राष्ट्रिय सुरक्षाको खतरा उत्पन्न गरेको छ । गत वर्ष बेलायतका व्यवसायहरूमा १९ हजार र्‍यानसमवेयर आक्रमण भएको सरकारको साइबर सुरक्षा सर्भेमा उल्लेख छ । जसमा सामान्यतः फिरौती रकम करिब ४० लाख युरो (करिब ६४ करोड रुपैयाँ) हुने गरेको र करिब एक तिहाइ कम्पनीहरूले फिरौती तिर्ने गरेको अनुसन्धानले देखाएको बीबीसीमा उल्लेख छ ।राष्ट्रिय अपराध एजेन्सीकी सुजान ग्रिमरका अनुसार हप्तामा ३५-४ ह्याकिङका घटना हुने गरेका छन् । बेलायतका लागि र्‍यान्समवेयर आक्रमणका हिसाबले यो अहिलेसम्मकै सबैभन्दा खराब वर्ष हुने भविष्यवाणी उनले गरेकी छन् । ह्याकिङ अहिले पहिलेभन्दा सजिलो हुँदै गएको छ । केही रणनीतिहरूमा कम्प्युटर पनि समावेश हुँदैनन् । आईटी हेल्पडेस्कमा फोन गरेर झुक्याएर पहुँच प्राप्त गर्नुलाई त्यसैको एक उदाहरणको रूपमा लिन सकिन्छ ।

    images
    images

    केएनपीका पल एबट अचेल अन्य व्यवसायहरूलाई साइबर खतराको बारेमा सावधानी अपनाउनु पर्ने भाषण दिन्छन् । कम्पनीहरूले आफूसँग अप-टु-डेट आईटी सुरक्षा छ भनेर प्रमाणित गर्नुपर्ने, गाडीको वार्षिक प्राविधिक जाँच गरे जस्तै एक साइबर-एमओटी हुनुपर्ने उनको सुझाव छ ।बेलायतका कयौँ व्यवसायहरू पछिल्लो समय साइबर आक्रमणको निशानामा परेका छन् । जसमा एम एन्ड एस (M&S), को-अप (Co-op) र ह्यारोड्स (Harrods) जस्ता कम्पनीहरू समेत छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend