images

२०८३ आश्विन १८ गते

images
images
images

डिशहोम सोलिडारिटी फुटसल कप- २०२५ सम्पन्न

डिशहोम सोलिडारिटी फुटसल कप- २०२५ सम्पन्न

images
images
सोमवार, श्रावण ५ २०८२
सोमवार, श्रावण ५ २०८२
  • काठमाडौं । डिशहोमले आयोजना गरेको पहिलो ‘डिशहोम सोलिडारिटी फुटसल कप २०२५’ सम्पन्न भएको छ। भैँसेपाटीस्थित वन ट्री हिल फुटसलमा व्यावसायिक साझेदार कम्पनीहरूबीच असार १४ र २१ गते आयोजित फुटसल प्रतियोगितामा १४ कम्पनीलाई प्रतिनिधित्व गर्दै १७ टिम सहभागी भएका थिए।

    images
    images

    सहभागी टिमलाई ४ वटा समूहबीच विभाजन गरी समूह चरणको खेल खेलाइएको थियो। प्रतियोगिताको फाइनल खेलमा सीजी कम्युनिकेसन लिमिटेडले नेपाल डिजिटल सर्भिसलाई पराजित गर्दै उपाधि हात पारेको थियो ।तेस्रो स्थानका लागि भएको खेलमा अप्टिनेट सोलुसनले आईएमई कर्पोरेटिभलाई हराउँदै तेस्रो स्थान हासिल गरेको थियो । विजेता सीजी कम्युनिकेसन, दोस्रो भएको नेपाल डिजिटल सर्भिस, र तेस्रो स्थान प्राप्त गरेको अप्टिनेट सोलुसनले क्रमशः नगद राशी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका थिए।

    उत्कृष्ट खेलाडीमा धिरज बास्कोटा (अप्टिनेट सोलुसन) बाट र उत्कृष्ट गोलकिपर लोकेन्द्र तामाङ (सीजी कम्युनिकसेन)बाट चयन भए। समापन समारोहमा डिशहोमका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले पुरस्कार वितरण गरेका थिए।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend