images

२०८३ आश्विन १९ गते

images
images
images

राजस्व कार्यालय भैरहवाद्वारा गत आवमा रु १३ अर्ब राजस्व सङ्कलन

राजस्व कार्यालय भैरहवाद्वारा गत आवमा रु १३ अर्ब राजस्व सङ्कलन

images
images
सोमवार, श्रावण ५ २०८२
सोमवार, श्रावण ५ २०८२
  • आन्तरिक राजस्व कार्यालय भैरहवाले गत आर्थिक वर्ष २०८१÷८२ मा करिब रु १३ अर्ब राजस्व सङ्कलन गरेको छ । गत आवमा रु १३ अर्ब २७ करोड राजस्व सङ्कलनको लक्ष्य लिएकामा रु १२ अर्ब ९८ करोड अर्थात् लक्ष्यको ९७ दशमलव आठ प्रतिशत राजस्व सङ्कलन भएको कार्यालयका प्रमुख कर अधिकृत प्रेमराज पोख्रेलले जानकारी दिनुभयो । कार्यालयका अनुसार अघिल्लो आव २०८०÷८१ को तुलनामा गत आवमा राजस्व सङ्कलन रु दुई अर्ब ३५ करोड अर्थात् २५ दशमलव सात प्रतिशतले बढेको छ । कार्यालयले गत आवको भदौ, असोज, फागुन, वैशाख, जेठ र असारमा लक्ष्य अनुसार राजस्व सङ्कलन गरेको प्रमुख पोख्रेलले बताउनुभयो । 

    images
    images

    कार्यालयले गत आवमा आयकरतर्फ रु एक अर्ब ७० करोड ११ लाख, मूल्य अभिवृद्धि करतर्फ रु दुई अर्ब ८६ करोड आठ लाख र अन्तःशुल्क बापत रु नौ अर्ब एक करोड ५६ लाख भन्दा बढी राजस्व सङ्कलन गरेको छ । सबैभन्दा बढी राजस्वको क्षेत्र ओगटेको अन्तः शुल्कतर्फ अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा रु एक अर्ब ९५ करोडभन्दा बढी राजस्व सङ्कलन भएको छ । यस्तै, आयकरतर्फ रु ३७ करोड र मूल्य अभिवृद्धि करतर्फ रु २९ करोडले राजस्व बढेको छ । 

    प्रमुख पोखरेलले अर्थतन्त्रका परिसूचकमा सकारात्मक सुधार देखिनु र उद्योग करकारखानमा उत्पादन क्षमता बढेकाले राजस्व सङ्कलन बढेको हो । उहाँले सरकारले राजस्व दाखिलालगायतका भुक्तानीमा डिजिटल प्रणाली लागू गरेपछि साना करदाता सेवाग्राहीलाई सहज भएको बताउनुभयो । आन्तरिक राजस्व कार्यालय भैरहवाको कार्यक्षेत्रमा रुपन्देहीका सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिकाको वडा नं ५ देखि १७ सम्म, देवदह नगरपालिकाको वडा नं १ देखि ४ र वडा नं ११ र १२, लुम्बिनी सांस्कृतिक नगरपालिका, गैडहवा गाउँपालिका, कञ्चन गाउँपालिका वडा नं ५, कोटहीमाई गाउँपालिका, मर्चवारी गाउँपालिका, मायादेवी गाउँपालिका, ओमसतिया गाउँपालिका, रोहिणी गाउँपालिका, सम्मरीमाई गाउँपालिका र सियारी गाउँपालिका गाउँपालिका पर्छन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend