images

२०८३ आश्विन १९ गते

images
images
images

नेपालमा ‘हरर चलचित्र महोत्सव’ हुने

नेपालमा ‘हरर चलचित्र महोत्सव’ हुने

images
images
सोमवार, श्रावण ५ २०८२
सोमवार, श्रावण ५ २०८२
  • काठमाडौं । नेपालमा पहिलोपटक काल्पनिक र लोककथामा आधारित रहेर निर्माण गरेका चलचित्रलाई समेटेर ‘काठमाडौं हरर चलचित्र महोत्सव’ आयोजना हुने भएको छ । भूतप्रेतको कथामा आधारित रहेर निर्माण गरिने ‘हरर’ विधाका चलचित्र हेर्ने दर्शकको सङ्ख्या नेपालमा भएतापनि चलचित्र निर्माण निकै न्यून छ । प्राविधिक रुपमा खर्चालु हुने भएकाले निर्माता तथा निर्देशकले ‘हरर’ विधामा आधारित रहेर चलचित्र निर्माण गर्न त्यति चासो देखाएका छैनन् । 

    images
    images

    यद्यपि उनीहरूलाई प्रोत्साहित गर्न अन्तर्राष्ट्रिय रूपमा मनाइने पर्व ‘हेलोविन’को अवसरमा आगामी कात्तिक १४ देखि १६ गतेसम्म काठमाडौंमा आयोजना हुने उक्त महोत्सवका निर्देशक रसिक पाठकले जानकारी दिनुभयो । “यस महोत्सवले हरर विधामा निर्माण भएका चलचित्रको प्रचार गर्नाका साथै नयाँ निर्माण गर्न इच्छुक चलचित्रकर्मीलाई प्रोत्साहन दिने विश्वास हामीले लिएका छौँ, नेपालमा हरर विधामा निर्माण भएका विदेशी चलचित्रको बजार राम्रै मानिएको छ, विशेषतः सहरी क्षेत्रमा त्यस्ता चलचित्र हेर्ने दर्शकको भीड देखिन्छ, यसकारण हामीले नेपाली चलचित्रकर्मीलाई प्रोत्साहन दिन महोत्सव आयोजना गर्न लागेका हौँ”, निर्देशक पाठकले भन्नुभयो । 

    उहाँले चलचित्रहरुका लागि आवेदन पनि खुल्ला गरिएको जानकारी दिनुभयो । महोत्सवलाई नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले आयोजना गर्न लागेको हो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend