images

२०८३ आश्विन २० गते

images
images
images
  • बजार
  • साउन लागेसँगै बढ्यो केराको मूल्य, कति...

साउन लागेसँगै बढ्यो केराको मूल्य, कति पुग्यो दर्जनको?

साउन लागेसँगै बढ्यो केराको मूल्य, कति पुग्यो दर्जनको?

images
images
सोमवार, श्रावण ५ २०८२
सोमवार, श्रावण ५ २०८२
  • बजारमा केराको मूल्य बढेको छ। माग अनुसार केराको आपूर्ति नहुँदा मूल्य बढेको नेपाल फलफूल थोक व्यवसायी संघ, काठमाडौंका अध्यक्ष अमर बानियाँले जानकारी दिए। ‘अहिले स्वदेशी उत्पादन कम छ। भारतमै मूल्य बढेकाले यहाँ महँगिएको हो,’ उनले भने, ‘साउन महिनामा पूजापाठ बढी हुँदा पनि केराको माग बढ्छ। त्यसले पनि मूल्य बढाउँछ।’ 

    images
    images

    उनका अनुसार केराको मूल्य बढ्न थालेको साता/दश दिन भयो। अहिले होलसेल बजारमा केरा प्रतिकार्टुन एघार सय रूपैयाँ पुगेको छ। त्यसअघि केरा प्रतिकार्टुन नौ सय ५० देखि एक हजार रूपैयाँ कारोबार भइरहेको थियो। स्वदेशी उत्पादन आउन थालेपछि मात्रै केराको मूल्य घट्ने उनले जानकारी दिए। ‘साउन पन्ध्रदेखि स्वदेशी उत्पादन आउँछ,’ उनले भने, ‘त्यसपछि मूल्य घट्छ।’ उनका अनुसार साउन पन्धदेखि मंसिरसम्म स्वदेशी केरा बजारमा आउने छ। बजारमा केराको होलसेल मूल्य बढेसँगै खुद्रा मूल्य पनि बढेको छ।

    उपभोक्ताले केही समयअघि प्रतिदर्जन एक सय ३० देखि एक सय ४० रूपैयाँमा किनेको केरा अहिले एक सय ५० देखि एक सय ६० रूपैयाँसम्म पुगेको छ। अहिले बजारमा जी–९ तथा मालभोग जातका केरा आइरहेका छन्। जी–९ को तुलनामा मालभोग केराको कोसा सानो हुने भएकाले मूल्य सस्तो समेत हुन्छ। केरामा फाइबर, भिटामिन, मिनरल्स लगायतका पौष्टिक तत्व पाइन्छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend