images

२०८३ आश्विन १९ गते

images
images
images
  • अर्थतन्त्र
  • ११ महिनामा पाँचतारे होटल दुसित प्रिन्सेसले...

११ महिनामा पाँचतारे होटल दुसित प्रिन्सेसले गर्‍यो ४० करोडको व्यापार

११ महिनामा पाँचतारे होटल दुसित प्रिन्सेसले गर्‍यो ४० करोडको व्यापार

images
images
सोमवार, श्रावण ५ २०८२
सोमवार, श्रावण ५ २०८२
  • काठमाडौं । काठमाडौंको लाजिम्पाटमा रहेको पाँचतारे होटल, दुसित प्रिन्सेसले गत आवको ११ महिनामा ४० करोड १० लाख रुपैयाँको व्यापार गरेको छ । होटलले सन् २०२४ मा ३३ करोड ८० लाख रुपैयाँको कारोबार गरेको थियो ।होटल ल्हासा इन्टरनेशनल प्रालिद्वारा सञ्चालित यस होटल सन् २०१३ मा स्थापना भएको थियो । तर, होटल भने सन् २०२३ को जुलाईबाट सञ्चालनमा आएको थियो।

    images
    images

    होटल २ हजार ५ सय ५३ स्क्वारमिटरमा फैलिएको छ । उक्त होटलमा १ सय ७ वटा कोठाको सुविधा छ ।होटलले सन् २०२४ मा औसत ३९ प्रतिशत अकुपेन्सी ओगटेको उल्लेख गरेको छ । सन् २०२५ मा उक्त अकुपेन्सी क्षमता ५३ प्रतिशत कायम भएको होटेलले जनाएको छ ।दोर्जे ग्याल्जेन लामाको ४९ प्रतिशत स्वामित्व रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि २ अर्ब ९ करोड १२ लाख रुपैयाँको रेटिङ गराएको छ ।

    कम्पनीले होटल दुसित ओभरसिज कम्पनीसँग होटल व्यवस्थापनको सम्झौता गरी अन्तर्राष्ट्रिय ब्रान्ड नेपालमा भित्र्याएको हो । दुसित कम्पनीले सन् २०२५ सम्ममा विश्वका १८ वटा देशमा होटल सञ्चालन गर्दै आएको छ । भिल्लाको व्यवस्थापनसहति कम्पनीले १८ वटा देशमा २ सय ९० वटा प्रोपर्टीको कारोबार गर्दै आएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend