ललितपुरः लक्जरी इभेन्ट एण्ड इन्टरटेन्मेन्टले आयोजना गर्ने सौन्दर्य प्रतियोगिता “मिस्टर एण्ड मिस ली ग्ल्याम २०२५” को सिजन १ को अडिसन यही साउन ३० गते ललितपुरको महालक्ष्मी स्थानमा हुने भएको छ।
विशेष “डिलाइट पार्टी अडिसन” को रूपमा आयोजना गरिने सो कार्यक्रमको भेन्यू डिलाइट पार्टी भेन्यू, महालक्ष्मी स्थान, ललितपुर तोकिएको छ। आयोजक संस्था अनुसार अडिसनको माध्यमबाट विभिन्न प्रतिभावान युवायुवतीलाई छनोट गरिनेछ, जसले आगामी दिनमा ग्ल्यामर, मोडलिङ तथा समाज सेवामा सक्रिय भूमिका खेल्नेछन्।
कार्यक्रममा फेसन डिजाइनर, फोटोशूट एक्सपर्ट, र गेस्ट सेलेब्रिटीहरूको समेत उपस्थिति रहनेछ। आयोजकका अनुसार “मिस्टर एण्ड मिस ली ग्ल्याम २०२५” को मुख्य उद्देश्य युवा प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्लेटफर्ममा स्थापित गराउनु हो।
आयोजक संस्था लक्जरी इभेन्ट एण्ड इन्टरटेन्मेन्टले सिजन १ लाई ऐतिहासिक बनाउन व्यापक तयारी गरिरहेको जनाएको छ। अडिसनमा सहभागी हुन इच्छुक व्यक्तिहरूका लागि साउन ५गते देखि फारम खुला भएको आयोजक संस्थाले जनाएको छ ।




.gif)





