images

२०८३ आश्विन १७ गते

images
images
images
  • उर्जा
  • खपत कम हुँदा पनि बिजुली बिल...

खपत कम हुँदा पनि बिजुली बिल धेरै आएको व्यवसायीको गुनासो

खपत कम हुँदा पनि बिजुली बिल धेरै आएको व्यवसायीको गुनासो

images
images
सोमवार, श्रावण ५ २०८२
सोमवार, श्रावण ५ २०८२
  • बुटवल । विद्युतको खपत कम हुँदा पनि तुलनात्मकरुपमा  बिलिङ धेरै आएको भन्दै रुपन्देहीका होटेल व्यवसायीहरुले नेपाल विद्युत प्राधिकरण बुटवलमा ज्ञापनपत्र बुझाएका छन् ।नेप्लिज होटेलियर्स एशोसिएसन (एनएचए) लुम्बिनीको एक टोलीले प्राधिकरणको बुटवल कार्यालय प्रमुख कपिलराज पाण्डेलाई ४ बुँदे ज्ञापनपत्र बुझाएको हो ।व्यवसायीहरुले डिजिटल मिटर प्रयोगमा आएपछि अस्वभाविक रुपमा बिलिङ धेरै आएको गुनासो गरेका छन् ।

    images
    images

    एशोसिएसनका अध्यक्ष प्रबिणबहादुर पाठकले डिजिटल मिटरको सट्टा भरपर्दो वैकल्पिक मिटर जडानको व्यवस्था गर्न, डिजिटल मिटर जडान पश्चात अस्वभाविकरुपमा बढेको युनिट तथा महशुल रकम समायोजन गर्न माग गरेका छन् । यस्तै होटल प्यानलबाट लिइएको युनिट र प्राविधिक हिसाबबाट लिइएको युनिटमा समानता सुनिश्चित गर्न तथा अघोषित लोडसेडिङ तत्काल अन्त्य गर्न माग गरेका छन् । लोडसेडिङ गर्ने भए तालिका सार्वजनिक गर्न पनि व्यवसायीको माग छ ।

    दैनिक रूपमा बारम्बार लाइन जाने, भोल्टेज तल माथि हुने जस्ता कारणले गर्दा इलेक्ट्रिक उपकरणहरुमा खराबी र पूर्णरूपमा नष्ट हुने समस्या आउंदा ठूलो आर्थिक क्षति भोग्नुपरेको एशोसिएसनका उपाध्यक्ष दिलिप गौचनले गुनासो गरे ।‘जेठ महिनामा भन्दा असारमा होटेलको व्यवसाय आधा कम भएको हुंदा विद्युत खपत पनि स्वभाविक रुपमा कम हुनुपर्नेमा बिल झन् धेरै आउंदा डिजिटल मिटरप्रति विश्वस्त हुन सकिएन’, गौचनले भने, ‘डिजिटल मीटरको रिडिङमा अनुमानित र मनोमानी बिलिङ हुने आशंका गहिरो छ, यसमा स्वतन्त्र अध्ययन जरुरी छ ।’

    images
    images

    व्यवसायिक प्रयोजनको मात्र नभई घरायसी प्रयोजनको विद्युत महसुल पनि असार महिनाको अघिल्लो महिनाको भन्दा दोब्बर तेब्बर आउने समस्या विगत वर्षदेखि नै रहेको तिलोत्तमा नगरपालिका–४ का बुद्धिजिवी यमलाल भुसाल बताउँछन् ।व्यवसायीको ज्ञापनपत्र बुझेपछि कार्यालय प्रमुख कपिलराज पाण्डेले व्यवसायीका माग र समस्या सम्बोधनका लागि साउन महिनामा खपत हुने विद्युतको मात्रा बारे प्राधिकरण र व्यवसायी दुबैले तथ्यांक राखेर तुलना गरी समाधानको उपाय निकाल्ने बताए । त्यसबाट पनि चित्त नबुझे थप अध्ययन गर्न सकिने बताए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend