images

२०८३ आश्विन २४ गते

images
images
images
  • बैंक वित्त
  • ग्लोबल आइएमई समुन्नत योजना–२ को बाँडफाँड...

ग्लोबल आइएमई समुन्नत योजना–२ को बाँडफाँड सम्पन्न

ग्लोबल आइएमई समुन्नत योजना–२ को बाँडफाँड सम्पन्न

images
images
सोमवार, श्रावण ५ २०८२
सोमवार, श्रावण ५ २०८२
  • ग्लोबल आइएमई बैंकको कोष प्रवद्र्धक र ग्लोबल आइएमई क्यापिटलको योजना व्यवस्थापक रहेको ग्लोबल आइएमई समुन्नत योजना–२ अन्तर्गत १५ करोड इकाई बाँडफाँड गरिएको छ । योजनाको प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १० करोड २० लाख इकाई सर्वसाधारणका लागि असार २२ गतेदेखि २७ गतेसम्म निष्काशन गरिएकोमा मागभन्दा बढी आवेदन परेपछि सामूहिक लगानी कोष निर्देशिकाअनुसार थप २५ प्रतिशत अर्थात् तीन करोड इकाई थप गरी १५ करोड इकाई बाँडफाँड गरिएको हो ।

    images
    images

    त्यसमध्ये १५ प्रतिशत इकाई बीज पूँजीको रुपमा बाँडफाँड गर्नुपर्ने भएकोले कोष प्रवद्र्धन ग्लोबल आइएमई बैंकलाई १३ दशमलब ५० प्रतिशत अर्थात् दुई करोड दुई लाख ५० हजार र योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटललाई १ दशमलब ५० प्रतिशत अर्थात् २२ लाख ५० हजार गरी दुई करोड २५ लाख इकाई बाँडफाँट गरिसकिएको जनाइएको छ । 

    यस्तै, बीज पूँजीपश्चात् बाँकी १२ करोड ७५ लाख इकाई सर्वसाधारणलाई बाँडफाँड गर्न सिडिएस एण्ड क्लियरिङ्गको सिआस्वा प्रणालीमार्फत ३५ हजार ८०२ वटा आवेदनबाट १३ करोड ९ लाख ३३ हजार ५१० इकाईका लागि आवेदन प्राप्त भएकोमा १३ करोड ९ लाख २६ हजार १० इकाई बाँडफाँड गरिएको छ । जसअनुसार ३५ हजार ७५० आवेदकमध्ये ३५ हजार ७४८ जना आवेदकलाई निजहरुले माग गरेबमोजिम ११ करोड नौ लाख २६ हजार १० इकाई तथा दुई आवेदकलाई समानुपातिक रुपमा एक करोड ६५ लाख ७३ हजार ९९० इकाई गरी जम्मा १२ करोड ७५ लाख इकाई निष्काशन ग्लोबल आइएमई क्यापिटलमा बाँडफाँड गर्ने काम पनि सम्पन्न भएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend