images

२०८३ आश्विन १९ गते

images
images
images

चोटले भरिएको अनुहारको तस्विर पोस्ट गर्दा एलिनामाथि नै शंका ?

चोटले भरिएको अनुहारको तस्विर पोस्ट गर्दा एलिनामाथि नै शंका ?

images
images
सोमवार, श्रावण ५ २०८२
सोमवार, श्रावण ५ २०८२
  • काठमाडौं। गायिका एलिना चौहान अहिले चर्चाको विषय बनेकी छिन् । उनले गाएका गीत हुन् अथवा उनको व्यक्तिगत जीवनका विवादित प्रसंग, उनी अहिले चर्चौ चर्चामा छिन् ।दुई दिनअघि एलिनाका पूर्व श्रीमान् विष्णु सापकोटाले अब आफू चूप लागेर नबस्ने भन्दै एउटा लामो स्टाटस लेखे, जसमा एलिनाविरुद्ध केहि लेखिएको छैन तर उनले आफूलाई सामाजिक सञ्जालबाट गालीगर्नेहरुविरुद्ध बोलेका छन् ।

    images
    images

    उनले आफ्नो सम्बन्ध विच्छेदको बारेमा पनि केहि लेखेका छन् । त्यस्तै उनले आफूलाई तथानाम भन्नेविरुद्ध कानुनी प्रकृयामा जाने पनि कुरा गरेका छन् ।उनले उक्त स्टाटस लेखेको केहि घण्टापछि नै एलिनाले एउटा तस्विर सामाजिक सञ्जालमा शेयर गरिन् । जसमा उनको अनुहारभरी चोट देखिएको छ, सुनिएको आँखा तथा ओठ, टाउकोमा फेटा बाँधेको, आँखाबाट आँशु झार्दै गरेको उक्त तस्विर तथा भिडियो शेयर गरेपछि दुवैको सम्बन्धका बारेमा अनेक टिका–टिप्पणी अहिले पनि भइरहेको छ ।

    धेरै कलाकारले एलिनाको उक्त पोस्ट शेयर गर्दै आफूहरु उनको साथमा रहेको बताएका छन् । एलिनाको उक्त तस्विर हेरेर धेरैले उनलाई सान्तोवना दिइरहेका छन्, कतिले साथ दिने वाचा गरेका छन् त धेरैले साहसी छोरी भन्दै प्रशंसा गरेका छन् ।यद्यपि, केहीले भने एलिनाको उक्त तस्विरमा देखिएको चोट आफैँले बनााएको दावी गरेका छन् । एलिनाले केहि अगाडि आफ्नो अनुहारमा जुकाले टोकाएर एउटा थेरापी गरेको भिडियो सार्वजनिक भएको थियो । अहिले केहि मानिस एलिनाको उक्त फोटोमा देखिएको चोट विष्णु सापकोटाको कुटपिटबाट नभएर जुका टोकाउने थेरापिबाट भएको प्रतिक्रिया दिन थालेका छन् ।

    images
    images

    तर धेरैले त्यस्तो प्रतिक्रिया दिनेलाई आँखाको आँशु चाहिँ किन झरेको ? भनेर प्रश्न गरेका छन् ।यसैबीच एलिनाले उक्त तस्विरमा देखिएकै समयको भिडियो पनि पोस्ट गरेकी छिन्, जसमा उनी रुदै छटपटिएको देखिएको छ । जसले उनको चोट र पीडा कुनै थेरापीका लागि नभइ कुटपिटका कारण भएको चोट र पीडा भन्ने प्रस्ट बुझ्न सकिन्छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend