काठमाडौँः रियाले माध्यमिक विद्यालय, रियाले, मकवानपुरले २०८२ सालको असार महिनाभरि सिकाई सुदृढीकरणका उद्देश्यले विभिन्न शैक्षिक कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गरेको छ। विद्यालयको पहलमा आयोजित यी कार्यक्रमहरूले विद्यार्थीहरूको सिर्जनात्मकता, सहभागिता र पाठ्यक्रमसँग सम्बन्धित ज्ञानमा उल्लेखनीय सुधार ल्याएको शिक्षक तथा अभिभावकहरूको भनाइ छ।
कार्यक्रम अन्तर्गत शैक्षिक सहजीकरण कार्यशाला, विषयगत प्रश्नोत्तर प्रतियोगिता, समूहगत सिकाई अभ्यास, नियमित पुनरावलोकन कक्षा, साथै सामूहिक प्रस्तुति तथा मूल्यांकन जस्ता गतिविधिहरू सञ्चालन गरिएका थिए। यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूलाई पाठ्यक्रमप्रति रुचि बढाउनुका साथै सिकाइमा उत्प्रेरणा दिने अपेक्षा गरिएको विद्यालयका प्रधानाध्यापकले बताए।
विद्यार्थी, शिक्षक, अभिभावक र स्थानीय समुदायको सक्रिय सहभागिताले कार्यक्रमहरू अझ प्रभावकारी बन्न पुगेको थियो। अभिभावक समितिका अध्यक्षले विद्यालयले यस्तो अभ्यासलाई निरन्तरता दिए आगामी वर्षहरूमा शैक्षिक गुणस्तरमा सुधार आउने विश्वास व्यक्त गरे।
विद्यालयले आगामी महिनाहरूमा पनि यस्ता कार्यक्रमहरू थप सुदृढ र नियमित रूपमा सञ्चालन गर्ने योजना बनाएको छ।




.gif)





