images

२०८३ आश्विन १९ गते

images
images
images

समय थप भएपछि धरहरा चढ्ने सङ्ख्या दोब्बरले वृद्धि

समय थप भएपछि धरहरा चढ्ने सङ्ख्या दोब्बरले वृद्धि

images
images
सोमवार, श्रावण ५ २०८२
सोमवार, श्रावण ५ २०८२
  • काठमाडौः धरहरा अवलोकनका लागि आउनेहरूको सङ्ख्या दोब्बर भन्दा बढीले वृद्धि भएको छ । यही साउन १ गते देखि बिहान ८ः०० देखि बेलुकी ८ः०० बजेसम्म धरहरा खुल्ला गरिएको छ ।

    images
    images

    समय थप भएपछि यहाँ आउनेको सङ्ख्या दोब्बर भन्दा बढीले वृद्धि भएको धरहरा सञ्चालन तथा व्यवस्थापन एकाइ सुन्धाराका प्रमुख महेश राईले जानकारी दिए । “बिहान ८ः०० देखि बेलुकी ७ः०० बजेसम्म टिकट खुल्छ । समय थप हुँदा निकै राम्रो भएको छ । यहाँ आउनेहरू विगतमा निकै बढेका छन्”, उनले भने ।

    त्यसअघि दैनिक बिहान १०ः०० देखि बेलुका ४ः०० बजेसम्म मात्र धरहरा खुला हुने गरेको थियो । त्यसबेला दैनिक करिब एक हजार २०० ले अवलोकन गर्ने गरेकामा पछिल्लो तीन दिनमा आठ हजार ६३८ जनाले अवलोकन गरेका छन् । साउन १ गते दुई हजार ५००, २ गते दुई हजार ६३१ र ३ गते तीन हजार ५०७ जनाले धरहरा अवलोकन गरेका राईले बताए । उनका अनुसार साउन १ देखि ३ गते सम्ममा रु १५ लाख ५६ हजार ६५० सङ्कलन भएको छ । 

    images
    images

    विसं २०८१ मङ्सिर देखि २०८२ असार मसान्त सम्ममा रु पाँच करोड १२ लाख ६२ हजार ९९५ सङ्कलन भएको एकाइले जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend