images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • कर्णाली प्रदेशमा तुइनको संख्या अझै ५०...

कर्णाली प्रदेशमा तुइनको संख्या अझै ५० ठाउँमा रहेको तथ्याङ्क सार्वजनिक

कर्णाली प्रदेशमा तुइनको संख्या अझै ५० ठाउँमा रहेको तथ्याङ्क सार्वजनिक

images
images
सोमवार, श्रावण ५ २०८२
सोमवार, श्रावण ५ २०८२
  • काठमाडौँः कर्णाली प्रदेशले तथ्याङ्क सङ्कलन तुइन हटाउने नीति लिएको छ । तथ्याङ्क अनुसार १० जिल्लामा सङ्कलित तथ्याङ्क अनुसार ५० वटा तुइन रहेको प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर रमेश सुवेदीले जानकारी दिएका छन् ।

    images
    images

    तुइन विस्थापित गर्दै झोलुङ्गे पुल निर्माण गर्ने योजना अनुरूप विवरण माग गरिएको थियो । प्रदेशका १० मध्ये सात वटा जिल्लामा रहेका तुइनको विवरण मन्त्रालयलाई प्राप्त भएको हो । पूर्वाधार विकास कार्यालयबाट माग गरिएको विवरण अनुसार ५० वटा तुइन भएको विवरण प्राप्त भएको मन्त्रालयका प्रवक्ता सुवेदीले जानकारी दिएका छन् ।

    सङ्कलन गरिएको विवरण अनुसार सबैभन्दा धेरै तुइन हुम्लामा रहेको छ । हुम्लामा १५ वटा तुइन रहेको विवरणमा उल्लेख छ । हुम्लामा कर्णाली नदी माथि ६ वटा तुइन रहेको जनाइएको छ ।

    images
    images

    यसैगरी कालीकोटमा १२, जाजरकोटमा १२, दैलेखमा दुई, मुगुमा दुई, डोल्पामा तीन र सुर्खेतमा ८ वटा तुइन रहेको विवरण प्राप्त भएको छ । दैलेख, जुम्ला र रुकुम पश्चिमबाट विवरण प्राप्त भएको नभएको जनाइएको छ ।

    प्रदेश सरकारले चालु आर्थिक वर्षमा कर्णालीलाई तुइन मुक्त बनाउने नीति लिएको छ । नीति तथा कार्यक्रममा यो योजना समेटेर बजेट समेत विनियोजन गरिएको छ । तुइन विस्थापित गरेर झोलुङ्गे पुल निर्माण गर्न लागिएको हो । चालु आर्थिक वर्ष २०८२।८३ मा उक्त शीर्षकमा रु १ करोड ५० लाख बजेट विनियोजन गरिएको मन्त्रालयका प्रवक्ता सुवेदीले बताएका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend