images

२०८३ कार्तिक ६ गते

images
images
images
  • समाचार
  • नबिल बैंकले ७.९९ प्रतिशतमै घर कर्जा...

नबिल बैंकले ७.९९ प्रतिशतमै घर कर्जा दिने

नबिल बैंकले ७.९९ प्रतिशतमै घर कर्जा दिने

images
images
मंगलवार, भाद्र ४ २०८१
मंगलवार, भाद्र ४ २०८१
  • काठमाडौं ।नबिल बैंकले ऋणीलाई ७.९९ प्रतिशत ब्याजदरमा घर कर्जा दिने भएको छ । नबिल बैंकले आधार दर सरह नै ब्याजदरमा घर कर्जा दिने भएको हो । बैंकले ‘नबिल ढुक्क घर कर्जा, नबिल भए ढुक्क’ योजना अन्तर्गत ७.९९ प्रतिशत ब्याजदरमै घर कर्जा उपलब्ध गराउने भएको हो ।

    images
    images

    बैंकले भदौ महिनाका लागि ७.६३ प्रतिशत आधार दर निर्धारण गरेको छ । आधार दरमा ३ प्रतिशतसम्म प्रिमियम थप लिने गरिएको बैंकले जनाएको छ । सो आधारमा घर कर्जाको ब्याजदर १०.६३ प्रतिशत ब्याजदर हुन आउँछ ।

    तर, सो योजनाअन्तर्गत बैंकले ७.९९ प्रतिशत ब्याजदरमा घर कर्जा उपलब्ध गराउने बैैंकको भनाइ छ । बैंकले अधिकतम ३० वर्षसम्म अवधिका लागि घर कर्जा दिनेछ । ७.९९ प्रतिशत ब्याजदर ७ वर्षसम्मका लागि स्थिर हो ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend