images

२०८३ आश्विन १५ गते

images
images
images
  • बैंक वित्त
  • शाइन रेसुंगा डेभलपमेन्ट बैंकको ऋणपत्रमा आवेदन...

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

images
images
आइतवार, श्रावण ४ २०८२
आइतवार, श्रावण ४ २०८२
  • काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकको ऋणपत्रमा आवेदन दिने आज साउन ४ गते आइतबार अन्तिम दिन रहेको छ। यो ऋणपत्रमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ।नेपाल धितोपत्र बोर्डको अनुमतिपछि बैंकले गत असार ३२ गतेदेखि ‘शाइन रेसुंगा डिबेन्चर’ नामक ऋणपत्रका इकाइहरु बिक्री गरेको हो। बैंकले यस ऋणपत्रको १ हजार रुपैयाँ अंकित दरका कुल १ अर्ब रुपैयाँबराबरको १० लाख इकाइ जारी गरेको छ।

    images
    images

    बैंकले कुल इकाइमध्ये ६ लाख कित्ता इकाइ व्यक्तिगत तवरबाट बिक्री गर्नेछ। बाँकी ४ लाख इकाइ सर्वसाधारणलाई छुट्याइएको छ। सर्वसाधारणलाई छुट्याइएको इकाइमध्ये ५ प्रतिशतले हुन आउने २० हजार कित्ता इकाइ सामूहिक लगानी कोषलाई बाँडफाँट गरी बाँकी ३ लाख ८० हजार इकाइ सर्वसाधारणका लागि जारी गरिएको हो।

    १० वर्षे अवधिको यो ऋणपत्रमा लगानीकर्ताले वार्षिक ८ प्रतिशत ब्याज पाउनेछन्। यसमा लगानीकर्ताले न्यूनतम २५ इकाइ र अधिकतममा ५ लाख इकाइका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले धितोपत्र बोर्डबाट अनुमतिप्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालय तथा सीडीएससीको मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्।यस ऋणपत्र बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल रहेको छ। 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend