images

२०८३ आश्विन १९ गते

images
images
images

मर्‍दि हिमाल ट्रेकमा हिउँ झर्ने उच्च क्याम्प, माछापुच्छ्रे र दुर्लभ डाँफे चरा

मर्‍दि हिमाल ट्रेकमा हिउँ झर्ने उच्च क्याम्प, माछापुच्छ्रे र दुर्लभ डाँफे चरा

images
images
आइतवार, श्रावण ४ २०८२
आइतवार, श्रावण ४ २०८२
  • काठमाडौः पोखरा, यस वर्षको मर्‍दि हिमाल ट्रेक मा पर्यटकहरूको आकर्षण झनै बढेको छ, विशेष गरी हाईक्याम्प क्षेत्रमा हिउँ परेपछि। पर्यटकहरू हिउँको रमाइलो लिँदै मर्‍दि हिमाल र माछापुच्छ्रे हिमालको नजिकबाट अवलोकन गर्न पाएका छन्।

    images
    images

    Daffe Munaal.jpg

    ट्रेकको क्रममा ३,५५० मिटरको उचाइमा रहेको हाईक्याम्प क्षेत्रमा असार अन्त्यदेखि साउनको सुरुवात सम्म हल्का हिमपात भएको स्थानीय गाइडहरूले जानकारी दिएका छन्। यस्तो समयमा ट्रेक गर्नेलाई सुरक्षित तर रोमाञ्चक अनुभव हुने गर्छ।

    images
    images

    साथै, यस क्षेत्रमा नेपालको राष्ट्रिय चरा डाँफे (Himalayan Monal) समेत देखिएको छ। पर्यटकहरू डाँफे चराको फोटो खिच्न व्यस्त देखिएका छन्। डाँफे नेपालमा दुर्लभ पाइने र रंगीचंगी चरा भएकाले यसको अवलोकन पर्यटनका लागि थप आकर्षण बनेको छ। साथमा स्थानीय पर्यटन व्यवसायीहरूका अनुसार, हिउँले ट्रेक अझ रोमाञ्चक बनाएको छ, र मौसम सफा भएका दिनहरूमा हिमालहरूको दृश्य अत्यन्त स्पष्ट देखिन्छ। ट्रेकिङ सीजनको सुरुवातमै यति धेरै पर्यटक आउनु सकारात्मक संकेत भएको व्यवसायीहरू बताउछन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend