images

२०८३ आश्विन १९ गते

images
images
images

‘डिभोर्स’को बारेमा बोले एलिनाका पूर्वपति विष्णु सापकोटा, के भने ?

‘डिभोर्स’को बारेमा बोले एलिनाका पूर्वपति विष्णु सापकोटा, के भने ?

images
images
शुक्रवार, श्रावण २ २०८२
शुक्रवार, श्रावण २ २०८२
  • काठमाडौं । गायिका एलिना चौहान र उनका पूर्वपति विष्णु सापकोटाबीच सम्बन्धविच्छेद भएको महिनौंपछि पनि सामाजिक संजालमा ‘डिभोर्स’को चर्चा सेलाएको छैन ।टिकटक र रिल्समा अहिले पनि उनीहरूको सम्बन्धविच्छेदको कुरालाई लिएर नानाथरी टिप्पणी भैरहेको देखिन्छ । एलिनाले हालै ल्याएको तीजको गीतपछि यो चर्चा झनै चुलिएको छ ।

    images
    images

    गीतमा उनले व्यक्त गरेको भावलाई धेरै टिकटकरले एलिनाको वास्तविक जीवनसँग सम्बन्ध रहेको भन्दै भिडियो बनाइरहेका छन् । एलिनाले पनि पछिल्ला केही अन्तर्वार्तामा आफ्नो कथा सुनाइरहेकी छिन् ।उनको हरेक अन्तर्वार्ताको केन्द्रमा डिभोर्स र पूर्वपतिकै कुरा समेटिएको देखिन्छ । गीतभन्दा धेरैले उनीहरूको नीजि जीवनको चियोचर्चा गरिरहेको देखिन्छ ।यसबीच, एलिनाका पूर्वश्रीमान सापकोटाले सामाजिक संजालमा एक लामो विज्ञप्ति जारी गर्दै सामाजिक संजालबाट आउने कठोर शब्द, धम्कीपूर्ण सन्देश, मानसिक दबाब र चरित्र हत्या गर्ने प्रयासले गर्दा आफू मानसिक पीडाबाट गुज्रिएको बताएका छन् ।

    आफूहरू सहमतीमा सम्बन्धविच्छेद भएपनि अहिले आफ्नोबारे बनेका अनावश्यक टिकटक भिडियो र भ्रामक गतिविधिले व्यक्तिगत र सामाजिक प्रतिष्ठामा गम्भीर असर पुर्‍याएको उनले जनाएका छन् ।दुबै पक्षको समझदारीमा सम्मानित अदालतले निर्णय गरिसकेको विषयमा पुनः बोल्दै हिँड्नु अदालतको अपमान पनि ठहर्ने उनको भनाई छ ।‘अलग बसेको लगभग १ वर्ष र सम्बन्धविच्छेद भएको ६ महिना कटिसक्दा पनि केही व्यक्तिले पुराना विषयहरू सामाजिक संजालमा ल्याउन थालेका छन्, जसले मेरो व्यक्तिगत जीवन, परिवार र व्यवसायिक वातावरणमा नकारात्मक असर पुर्‍याइरहेको छ’ उनले लेखेका छन् ।

    images
    images

    सापकोटाले मानहानी र व्यवसायिक नोक्सानीको क्षतिपूर्तिसहित अस्ट्रेलियामा कानूनी प्रक्रिया अघि बढाइसकेको उनले उल्लेख गरेका छन् । ‘कानुन सबैको लागि हुन्छ र न्यायको सहि मार्ग पनि त्यही हो’ उनले लेखेका छन् ।उनले आफ्नो मौनतालाई कमजोरीको रुपमा नलिन आग्रह गरेका छन् । उनले प्रश्न गरेका छन्, ‘अहिले दुबैका आ-आफ्ना व्यक्तिगत, पारिवारिक र व्यवसायिक जीवन छ । कहिलेसम्म यसको सिकार हुनुपर्ने हो हामी ?’उनले अहिले नेपाल र अस्ट्रेलियामा कानूनी परामर्श लिइरहेको पनि बताएका  छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend