images

२०८३ आश्विन १७ गते

images
images
images

तिलिचो तालमा सोलारबाट बिजुली

तिलिचो तालमा सोलारबाट बिजुली

images
images
शुक्रवार, श्रावण २ २०८२
शुक्रवार, श्रावण २ २०८२
  • काठमाडौं । हिमालपारिको जिल्ला मनाङस्थित समुद्र सतहबाट ४ हजार ९ सय ४९ मिटर उचाइमा रहेको पर्यटकीय स्थल तिलिचो तालमा सौर्य ऊर्जाबाट विद्युत् आपूर्ति गरिएको छ ।

    images
    images

    नेपाल विद्युत् प्राधिकरणले ३९० वाटको सौर्य प्यानल राखी तिलिचो तालमा विद्युत् आपूर्तिको व्यवस्था गरेको हो । प्राधिकरण मनाङ वितरण केन्द्र प्रमुख राजु महतोले केही दिनदेखि सौर्य प्यानल व्यवस्था गरी तिलिचो तालमा बिजुली बालिएको बताए ।

    बिजुली पुगेपछि त्यहाँ जाने स्वदेशी तथा विदेशी पर्यटकलाई मोबाइल फोन चार्ज गर्न सहज भएको केन्द्र प्रमुख महतोले उल्लेख गरे ।मनाङ ङिस्याङ गाउँपालिका–९ खाङ्सारस्थित समुद्री सतहबाट ४ हजार २ सय ५० मिटर उचाइमा रहेको तालको आधार शिविर (बेस क्याम्प) सम्म भने यसअघि नै राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगिसकेको छ ।

    images
    images

    बेस क्याम्पमा ५० केभीए क्षमताको वितरण ट्रान्सफर्मर राखी विद्युत् आपूर्ति दिइएको हो । बेस क्याम्पबाट ताल पुग्न करिब ३ घण्टा हिँड्नु पर्छ । ताल वरिपरि बस्ती पनि नभएकाले तत्कालका लागि सौर्य ऊर्जाबाट विद्युत् आपूर्ति व्यवस्था गरिएको महतोले बताए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend