images

२०८३ आश्विन २० गते

images
images
images
  • स्वास्थ्य
  • भेरी अस्पतालमा एक हजारभन्दा बढीकोे घुँडाको...

भेरी अस्पतालमा एक हजारभन्दा बढीकोे घुँडाको जटिल शल्यक्रिया सफल

भेरी अस्पतालमा एक हजारभन्दा बढीकोे घुँडाको जटिल शल्यक्रिया सफल

images
images
शुक्रवार, श्रावण २ २०८२
शुक्रवार, श्रावण २ २०८२
  • नेपालगन्ज । भेरी अस्पताल नेपालगन्जमा एक हजारभन्दा बढी बिरामीको घुँडाको जटिल प्रकारका शल्यक्रिया गरिएको छ । यसअघि राजधानी काठमाडौँबाट प्रविधि र दक्ष जनशक्ति निम्त्याएर गरिने उक्त शल्यक्रिया गत केही समयदेखि भेरी अस्पतालकै चिकित्सकहरुले सफलतापूर्वक गरिरहनु भएको भेरी अस्पतालले जनाएको छ ।  अस्पतालका वरिष्ठ कन्सल्टेन्ट अर्थोपेडिक डा.प्रकाश थापाका अनुसार भेरी अस्पतालका चिकित्सकको टिमले अहिलेसम्म एक हजार १११ जनाको घुँडाको जटिल प्रकारको सफल शल्यक्रिया गरेको छ ।

    images
    images

    उहाँले आफूसहित वरिष्ठ कन्सल्टेन्ट अर्थोपेडिक डा. तिर्थेन्द्र खड्का र अर्थोपेडिक डा. शैयद सद्दामको टोलीले घुँडाको एसिल र पिसिएल नशाको सफल शल्यक्रिया गरेको जानकारी दिँदै पश्चिम नेपालका बिरामीलाई अब सो का लागि भारत वा काठमाडौँ जानु पर्ने अवस्था नरहेको बताउनुभयो ।भेरी अस्पतालमा तीन वर्षमा लिगामेन्टको मात्र एक हजार १११ जना बिरामीको सफल शल्यक्रिया भइसकेको जनाउँदै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीले अस्पताललाई विशिष्टीकृत सेवा दिने अस्पतालका रूपमा विकास गर्ने विभिन्न सेवा र उपकरण थपिँदै लगिएको बताउनुभयो ।

    बाँके, बर्दिया, दाङ र कैलालीलगायत पहाडी जिल्लाका सर्वसाधारण गम्भीर बिरामी हुँदा भारत वा काठमाडौँ जानुपर्ने बिरामीको बाध्यतालाई क्रमशः भेरी अस्पतालले कम गरिदिएको भेरी अस्पताल बिकास समितिका सदस्य डा. डक्टप्रसाद धितालले बताउनुभयो ।उहाँले अस्पतालमा सेवा सुविधा थपिने र अत्याधुनिक प्रविधिहरु भित्रिने क्रम जारी रहेको पनि बताउनुभयो ।सोही क्रममा पछिल्लो पटक अस्पतालका वरिष्ठ कन्सल्टेन्ट अर्थोपेडिक डा.प्रकाश थापा, अर्थोपेडिक डा. तीर्थेन्द्र खड्का र अर्थोपेडिक डा. शैयद सद्दामको टोलीले नरैनापुर गाउँपालिका दुईका १८ वर्षीय शैयद नुर आयानको घुँडाको सफल शल्यक्रिया गर्नुभयो ।

    images
    images

    १६ दिनअघि मोटरसाइकल दुर्घटनामा परी घाइते हुनुभएका आयानको दायाँ खुट्टाको घुँडामा चोट लाग्दा दुई वटा नशा एसिल र पिसिएल भाँचिएको थियो ।शल्यक्रियापछि अहिले आयानको अवस्था सामान्य रहेको जनाउँदै उहाँका पिता तथा नरैनापुर गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाहले नेपालगन्जमै यति जटिल शल्यक्रिया हुनु यस क्षेत्रका बिरामीका लागि अति नै शुभ कुरा रहेको बताउनुभयो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend